पुलमुनिबाट बालकको उद्धार

0
8

बिर्तामोड ।

बिर्तामोडस्थित अधुवा खोलाको पुलमुनि बस्दै आएका एक जना बालकको उद्धार गरिएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली लगायतको टोलीले पुलमुनिबाट वालकको उद्धार गरेको हुन् । अर्जुनधारा–५ कञ्चनवारी घर बताउने सेवलाल चौधरी र स्व. गीता चौधरीका छोरा १० वर्षीय छोरा आकाश चौधरीको मंगलवार उद्धार गरिएको थियो ।

विगत दुई महिनादेखि त्यही पुलमुनि र आसपास क्षेत्रमा बस्दै आएको सूचना पाए लगत्तै मैनाली लगायतले उनको उद्धार गरेको बताइएको छ । बालकको ठेगाना पत्ता लागेपछि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गोम्देनलाई खबर गरिएको थियो ।

नगर प्रमुख गोम्देनको पहलमा नगरपालिकाले परिवारलाई बुझाउने गरी ती बालकको जिम्मा लिएको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रहरीका कमाण्डर अइन्द्र तामाङ र नगर प्रहरी श्याम आचार्यले परिवारलाई बुझाउने गरी ती बालकको जिम्मा लिएका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार मैनाली, नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष युवराज निरौला, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल, राइट एजुकेशन कन्सल्टेन्सीका नवीन बोहोरा, अटिर विवेक गिरीलगायतको उपस्थितिमा ती बालकलाई जिम्मा लगाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here