पुतिन र भारतका मोदीबीच युक्रेनबारे छलफल,आगामी निर्वाचनका लागि एकअर्काले शुभकामना आदान प्रदान गरे

0
6

मस्को,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरी युक्रेनबारे छलफल गर्दै आगामी निर्वाचनमा एकअर्कालाई शुभकामना दिएको क्रेमलिनले जनाएको छ ।

क्रेमलिनको वेबसइटमा पोष्ट गरिएको एक विज्ञप्ति अनुसार दुई नेताहरूले “परस्पर लाभकारी द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन चासो व्यक्त गरे” र “युक्रेनको अवस्था” लाई छोए।

उनीहरूले भारतको आगामी संसदीय चुनाव र रूसमा हुने राष्ट्रपति चुनावमा एकअर्काको सफलताको कामना पनि गरेका छन्।

युक्रेनमा युद्ध सुरु भएदेखि नै भारतले रुससँग आफ्नो परम्परागत मैत्रीपूर्ण सम्बन्ध कायम राखेको छ, यद्यपि यो अमेरिका लगायत पश्चिमी देशहरूसँग नजिक रहे पनि बेलाबेलामा मस्कोको सैन्य अभियानको आलोचना गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here