अर्जुनधारा–७ द्वारा कम्बल तथा सहायता सामग्री वितरण

0
9

अर्जुनधारा ।

चालु आर्थिक वर्ष ०८०/०८१को स्वीकृत वार्षिक निती तथा कार्यक्रम अन्र्तगत अर्जुनधारा–७ नं. वडा कार्यालयले वडाका विपन्न ज्येष्ठ नागरिक एवम् अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल तथा सहायता सामग्री वितरण गरेको छ ।

वडाले गत सोमबारदेखि सञ्चालन गरेको घरदैलो कार्यक्रममार्फत् ५४ जना ज्येष्ठ नागरिकलाई कम्बल, ५५ जनालाई स्टीलको लौरो, चार जनालाई प्लाष्टिकको ट्वाईलेट कुर्सी र एक जनालाई वैशाखी वितरण गर्ने कार्यक्रम रहेको वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले बताए ।

उक्त सामग्रीहरुमध्ये चार थान प्लाष्टिकको ट्वाईलेट कुर्सी, एक थान वैशाखी र केही थान लौरा मात्र वितरण गर्न बाँकी रहेको वडाध्यक्ष खतिवडाले बताए । वडाले ज्येष्ठ नागरिकतर्फको एक लाख रुपैयाँ र लक्षिततर्फको ६० हजार रुपैयाँ गरि जम्मा एक लाख ६० हजार रुपैयाँबाट उक्त सामग्रीहरु वितरण गरेको बताइएको छ ।

कार्यक्रममा वडाध्यक्ष खतिवडा, वडा सदस्यहरु जानुका विश्वकर्मा, देवकुमार राई, पार्वतादेवी न्यौपाने र हरिबहादुर कटुवाललगायतले उनीहरुलाई उक्त सामग्री वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here