चासोक तङनामको आय व्याय सार्वजनिक

0
10

कमल ।

याक्थुड युवा मञ्च कमलले विहीवार केर्खा पत्रकार सम्मेलन गरी चासोक तङनामको आय व्याय सार्वजनिक गरेको छ ।

आयोजक समितिले सार्वजनिक गरेको आय व्याय अनुसार जम्मा प्राप्त रकम मध्ये ११ लाख ६५ हजार ८४० रुपैया बाट ११ लाख ६१ हजार ८४० रुपैया खर्च भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

त्यस्तै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने दाताहरु मध्येबाट उठ्न बाँकी रहेको रकम दुई लाख ६७ लाख एक सय रुपैया र कमल गाउँपालिका बाट पाउनुपर्ने १ लाख भन्दा बढी रुपैया प्राप्त भएमा कोषमा तीन लाख ७५ हजार रुपैया भन्दा बढी रकम जम्मा हुने कोषाध्यक्ष बबिता फोम्बोले जानकारी दिईन् ।

याक्थुड युवा मञ्च कमलको आयोजनामा गत पुस २१ गते शनिवार कमल ३ स्थित केर्खा खेल मैदानमा बृहत साँस्कृतिक कार्यक्रम सहित लिम्बू समुदायले चासोक तङनाम उधौली पर्ब २०८० (यले तङबे ५०८३ न्वागी पूजा ) मनाएको थियो ।

कार्यक्रम संयोजक युके सुब्बाले देश विदेशमा रहेर कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण व्याक्ति तथा कार्यक्रमलाई प्रचारप्रसार गरी सहयोग गर्ने सञ्चार सस्थालाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए ।

आयोजक याक्थुड युवा मञ्च कमलका अध्यक्ष आशिष लेछर्बोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने मञ्चका प्रमुख सल्लाहकार बसन्तराज सुब्बाले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here