सहकारीको रकम हिनामिना भएको भन्दै नेकपाको आपत्ति

0
14

झापा ।

झापाको बुद्धशान्तिमा रहेको जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आपत्ति जनाएको छ ।

विप्लव नेतृत्वको नेकपा पूर्वी झापा जिल्ला सेक्रेटरी हुकुम सिले विज्ञप्ति जारी गर्दै बुद्धशान्ति–२ जयपुरमा रहेको सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा तीन करोडभन्दा बढी रकम हिनामिना
भएको भन्दै आपत्ति जनाएका हुन् ।

शेयर सदस्य तथा बाल बचतकर्ताको रकम अपचलन गरेको भन्दै सम्बन्धित निकायमा छानविन गरी कार्वाही गरी पाउँ भन्ने उजुरी दिँदा समेत लामो समयसम्म कुनै कार्वाही नभएको भन्दै सेक्रेटरी सिले पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

देशैभर अहिले अधिकांश सहकारी संस्थाहरुमा सञ्चालक र व्यवस्थापकको मिलेमतोमा अपचलन हुने गरेको भन्दै जयपुर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगरे पार्टीले जनपरिचालनसहित कार्वाही प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here