गुन्द्रुकबाटै आर्थिक क्रान्ति !

0
8

नेपालीको परम्परागत खाद्यवस्तुका रुपमा रहेको गुन्द्रुकको लोकप्रियता अहिले बढ्दै गएको छ । हरियो सागबाट तयार गरिने गुन्द्रुकलाई व्यवसायिक बनाउन इलामको रोङ गाउँपालिकाले किसानलाई अनुदानसहित बजारीकरणका लागि ‘ब्राण्डिङ’ गर्ने कामको शुरुवात गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिएर र उत्पादित गुन्द्रुक गाउँपालिकाले बिक्री गर्ने भएपछि किसान उत्साहित मात्र भएका छैनन् गुन्दु्र्रकमै व्यावसायिकता भेटिनेमा ढुक्क छन् । गाउँपालिकाले नै उत्पादन प्याकेजिङ, लेभलिङ, ब्राण्डिङ र बजारीकरणमा सहजीकरण गरेपछि किसानलाई कृषि कर्म सहज मात्र भएको छैन यसले विश्वबजार पनि पाउने आशा पलाएको छ ।

गुन्द्रुक भन्नासाथ नेपालीको मुख रसाउँछ । नेपाली भान्साको लोकप्रिय खाद्य परिकार गुन्दु्रक तोरी, मुला र रायोको सागबाट बनाइन्छ । हरियो सागलाई परम्परागत ढंगले पछिसम्म खान हुने गरी बनाइने गुन्दु्रकलाई प्रविधिसँग जोडेर उत्पादन गर्दै अन्तर्राष्ट्रिय बजारको पहुँचमा लाने रोङ गाउँपालिकाको योजनाले स्थानीय किसानलाई आत्मनिर्भर हुन सहयोग पुग्नेछ । गुन्दु्रकसँगै सिन्कीलाई आधुनिक, प्रविधिपूर्ण र व्यावसायिक बनाउन सकिए यसले पालिका, नेतृत्व र समस्त किसानको जीवनस्तर पनि उठाउन सकिन्छ । नेपाल यसै पनि कृषिप्रधान देश हो । त्यसमाथि प्रकृति, हावा, पानी र भौगोलिक सम्पन्नताले कृषिकर्मलाई अनुकूलता दिएको छ । तर, राज्यका तर्फबाट किसानलाई उत्साहित, संरक्ष्ािँ र निश्चितताको प्रत्याभूमि दिन नसक्दा कृषिकर्म नै उपेक्षित हुँदै जान थालेको छ ।

खाद्यवस्तुमा परनिर्भर बन्दै गएको बेला पूर्वी नेपालको एउटा पालिकाबाट शुरु भएको सुन्दा सानो तर अत्यन्त महŒवपूर्ण यो कार्यक्रमलाई स्थानीय सहकारी संस्थासँगको साझेदारी कार्यक्रम बनाउन पालिकाले गरेको पहलको प्रशंसा भइरहेको छ । दातृसंस्था समेतको सहयोगमा शुरु भएको यो कार्यक्रमका लागि पालिकाले खाद्य प्राविधिक समेतको व्यवस्था गरेर उद्योगका रुपमा विकास गर्ने लक्ष्य लिइएको पालिका अध्यक्ष मनिकुमार स्याङ्वोले बताएका छन् । तरकारीमा आत्मनिर्भर बनाएर निर्यात गर्ने योजनाका साथ काम अघि बढाइएको यो कार्यक्रमलाई सफल बनाउन कार्यविधिसहितको रणनीतिक व्यापार कार्ययोजना बनाइनु झनै सकारात्मक निर्णय हो । प्रायः किसानको करेसाबारीमा रोपिने साग त्यसै खेर गइरहेको थियो । रोङ गाउँपालिकाको यो अग्रसरताले बजार नपाएर गाईवस्तुलाई खुवाउनुपर्ने बाध्यताको अन्त्य भई किसानको आर्थिक जीवनमा सुधार ल्याउन सहयोगी बन्न सक्छ । यसले किसानलाई उत्पादनसँग जोडेर स्वरोजगार र आत्मनिर्भर बन्ने आधार तयार गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here