नवोदयको आयोजनामा शिवगन्ज माटो बचाउ सम्बन्धी तालिम प्रदान

0
13

कमल ।

शिवसतासी नगरपालिका वडा नम्बर ५ मा एक दिने माटो बचाउ अभियान सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।

कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा माईण्ड पावर एण्ड करियर इन्टर नेशनल टेनिङ्ग सेन्टर विराटनगरको प्राविधिक सहयोगमा शिवसतासी ५ स्थित कन्काई नहर जलउपभोक्ता संस्थाको सभाहलमा तालिम सम्पन्न भएको हो ।

पछिल्लो समय माटोमा प्रयोग गरिने विभिन्न रासायनिक तथा विषादी प्रयोगका कारण दिनानुदिन माटो खराब भै रहेको र सोही माटो बाट उत्पादित बस्तु प्रयोग गर्नाले मानिसमा क्यान्सर लगायत विभिन्न प्राणघातक रोग लाग्ने भएकोले त्यसको न्यूनिकरण गर्नका लागी सदस्य बिच माटो बचाउन अभियान सम्बन्धी तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले जानकारी दिए ।

अनावश्यक रुपमा माटोमा रासायनिक र विषादी प्रयोग गरेका कारण आज हाम्रो खेतको माटो खराब भएको छ । यदि यो माटो बनाउन सकेनौ भने हामी पनि बाँच्न सक्दैनौ त्यसैले यस्तो महत्वपूर्ण अभियानमा हामी सबै लाग्नु पर्ने बेला आएको वडा अध्यक्ष सिक्किम पासवानले बताए ।

अभियानमा वडा नम्बर ५ तलायत छिमेकी वडाका ८० जना भन्दा बढी कृषक सहभागी रहेका थिए । सहभागीलाई माईण्ड पावर एण्ड करियर इन्टर नेशनल टेनिङ्ग सेन्टर विराटनगर वि.पी. रेग्मी, अम्बिका घिमिरे र सन्जोग लिम्बुले सहजीकरण गरेका थिए ।

संस्थाका तालिम तथा शिक्षा समिति संयोजक सोम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सहभागीलाई सेवा केन्द्र सञ्चालन उपसमिति संयोजक सन्तोस ईजमले स्वागत गरेका थिए भने वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here