सहारा नेपाल साकोसको बाह्य ऋण शून्य

0
17

बिर्तामोड।

देशकै ठूलो सहकारी संस्था झापाको बिर्तामोड–२मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पुस मसान्तसम्म बित्तीय विवरण सार्वजनिक गरेको छ ।

सहकारी विभागको निर्देशन अनुसार साकोसले प्रत्येक महिना संस्थाको वित्तीय विवरण सार्वजनिक गर्दै आएको छ । सोही अनुसार संस्थाले २०८० पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक वित्तीय विवरण अनुसार साकोसको पुस मसान्तसम्म एक लाख ६५ हजार ३७५ जना शेयर सदस्य पु¥याउन सफल भएको छ । साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाद्वारा आइतवार जारी पुस मसान्तसम्मको बित्तीय विवरण अनुसार संस्थाको शेयर पुँजी एक अर्व ६७ करोड ६३ लाख ५३ हजार ७०० रुपैयाँ रहेको छ ।

त्यस्तै जगेडा कोष एक अर्व २४ करोड २ लाख १७ हजार ४३०, कूल बचत ११ अर्व ९१ करोड १२ लाख २० हजार ५७७, लगानीमा रहेको ऋण १० अर्व ७९ करोड ४६ लाख ४० हजार ८४२, कुल संस्थागत पुँजी एक अर्व २७ करोड ७६ लाख ८९ हजार ४७७, बिभिन्न कोषहरुको जम्मा रकम ४६ करोड ६८ लाख २७ हजार ८२६, कूल सम्पत्ति १५ अर्व ७९ करोड ९४ लाख ९७ हजार ५५० र तरलता रकम ३ अर्व ७२ करोड ६० लाख ४७ हजार ४४६ रुपैयाँ रहेको साकोसका कार्यकारी प्रमुख गिरी र निर्देशक खतिवडाद्वारा हस्ताक्षरित विवरणमा उल्लेख छ ।

संस्थाको पुस मसान्तसम्मको विवरण अनुसार बाह्य ऋण शुन्य प्रतिशतमा रहेको छ भने संस्थागत पुँजी ८.०९ प्रतिशत, तरलता ३१.२८ प्रतिशत र जम्मा ऋणी सदस्य ७२ हजार २४ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here