अर्जुनधारामा ढाका बुनाई सम्बन्धी एड्भान्स तालिम शुरु

0
8

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित नारी चेतना समूहको आयोजना र ललितपुरस्थित टेवा नेपालको आर्थिक सहयोगमा सोमबारदेखि ढाका बुनाई सम्बन्धी एड्भान्स तालिम शुरु भएको छ ।

समूहकी अध्यक्ष पम्फादेवी विश्वकर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा–७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले उद्घाटन गरेका थिए ।

अर्जुनधारा–७मा सञ्चालन हुने उक्त तालिम दुई महिनासम्म सञ्चालन हुने बताइएको छ । प्रशिक्षक कल्पना चाम्लिङ राईले प्रशिक्षण दिने तालिममा सात जना प्रशिक्षार्थी रहेका छन् ।

समूहले यस अघि सञ्चालन गरेको ढाका बुनाई सम्बन्धी आधारभूत तालिममा सहभागी १५ जना प्रशिक्षार्थीबाट छनौट गरिएको अध्यक्ष विश्वकर्माले बताइन् । सहभागीहरुले साडी, चोलो, बर्कोसँगै थानको कपडा आदि विविध डिजाइन अनुसार तयार गर्ने छन् ।

अध्यक्ष विश्वकर्माले समूह र टेवाको गतिविधि बारे जानकारी गराएको कार्यक्रममा नगर सामाजिक विकास समितिका संयोजक कौशीलाल परियार “भोला”, पातञ्जल योग समितिकी उपाध्यक्ष चन्दा ढुंगेललगायतले मन्तव्य राखेका थिए । समूहकी कोषाध्यक्ष वीना तुलाधरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव पूर्णिमा सिटौलाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here