महिलाको हत्याभएको आशंका, प्रदेशको अनुसन्धान टोलीले अनुसन्धान गर्दै

0
9

बिर्तामोड ।

झापाको अर्जुनधारा –६ महानन्द चोक पश्चिम व्याडमिन्टन कोर्ट नजिकै एक महिला मृत फेला परेपछि प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको छ ।

प्रदेश कार्यालयबाट खटिएको अनुसन्धान टोलीले कुकुरको प्रयोग गरेर अनुसन्धान थालेको हो । महिलाको हत्या भएको हुन सक्ने आशंकाले अनुसन्धान टोली खटिएको छ । प्रहरीका अनुसार कुकुर महानन्द चोकसम्म आएको छ । अब प्रहरीले सोही अनुसार अनुसन्धान थाल्ने छ । कुकुरले एउटा ट्राक दियो, अनुसन्धानमा खटिएका प्रहरी भन्छन्– अब प्राविधिक जाँच गर्छौं । स्रोतका अनुसार अनुसन्धानका लागि केही ब्यक्तिलाई सोधपोछ जारी रहेको छ ।

महिलाको टाउकोमा ढुङ्गाले हिर्काए जस्तो देखिएको छ । सोमबार विहान फेला परेको शव बिर्तामोड–५ बस्दै आएकी माया मगरको भएको खुलेको छ । ५० वर्षीय महिलाको टाउकोमा चोट देखिएको प्रहरीको भनाई छ ।

घटना रहस्यमय भएपछि प्रहरीको अनुसनधान टोली आएर अनुसन्धान गरिरहेको हो । घटनाई गम्भिर रुपमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here