पथरी शनिश्चरे नगरपालिकाको १४ औं नगर सभाले पारित गरेका निर्णय सार्वजनिक

0
11

छविराज ढकाल/पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे नपाको १४ औं नगर सभाले पारित गरेका निर्णयहरू सार्वजनिक गरिएको छ।

नगरपालिकाको सभाहलमा आयोजित एक पत्रकार सम्मेलनमार्फत नगरका प्रवक्ता नवीन कार्कीले गत माघ ०५ गते सम्पन्न भएको नगर सभाबाट पारित निर्णयहरूबारे जानकारी दिनुभएको हो।

नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाध्यक्ष भीम कुमार राई समेतको उपस्थितिमा नगर प्रवक्ता नविन कार्कीले अर्ध वार्षिक समीक्षा तथा बजेटको प्रस्तुतिकरण गर्नु हुँदै नगर प्रहरी सम्वन्धी ऐन २०८० र साझेदारी सम्वन्धी ऐन २०८० पारित भएको बताउनु भयो।

सोहि क्रममा नगरका लेखा समिति संयोजक भीमकुमार राईबाट लेखा सुपरीवेक्षण र न्यायिक समिति सदस्य पदम धिमालबाट न्यायिक समितिको प्रतिवेदन सहित अन्य केही महत्वपुर्ण निर्णयहरु नगरसभामा पारित भएको उहाँले जनाउनुभयो। उहाँले नगरका गौरवका आयोजनाहरु सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन भएको बताउनुभयो। उहाँले पथरीशनिश्चरे नगरपालिकाको नाफ्नै प्रशासनिक भवन निर्माणकालागि जग्गा प्राप्तिका लागि काम भैरहेको बताउनुभयो। सोका लागि १३ औं नगर सभाबाट ३ करोड ६१ लाख ९१ हजार रुपैयाँ विनियोजन गरि सकेको उल्लेख गर्नुभयो।

साथै, वडा नं ०८ को बुद्ध माविको भवन निर्माण कार्य सम्पन्न गर्न क्रमागत योजना अनुरुप १ करोड रूपैयाँ बराबरको बजेटबाट हाल निर्माण भैरहेको, बडा १० को मलामी खाजा घर निर्माणका लागि १ करोड रूपैयाँ, भातेगौडा सडक खण्ड सम्पन्न गर्ने उद्देश्यले १ करोड रूपैयाँ र पथरी बजारमा टहरा निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन भएको जनाउनुभयो।

सोहि अवसरमा संचारकर्मीहरुले फोहोरमैला व्यवस्थापन सम्बन्धी राखेको जिज्ञासामा नगरप्रमुख तुम्वापोले पथरीशनिश्चरे नगरपालिकाका छिमेकी उर्लावारी र लेटाङ्ग , कानेपोखरी जस्ता पालिकाहरूसित वैज्ञानिक फोहोरमैला व्यवस्थापनको लागि निरन्तर छलफल भैरहेको र पछिल्लो समयमा दमक नगरपालिकाले अभ्यास गरिरहेको फोहोरमैलालाई बायो- रिसाईग्रेसन र रिसाक्लिङ सम्बन्धमा आवश्यक अध्ययन गरी रहेको पनि बताउनुभयो।

त्यसैगरी, उहाँले पथरीशनिश्चरे नगरले आलुको उत्पादन बढाई आत्मनिर्भर बनाउनेतर्फ जोड दिएको जनाउनु भयो।किसानले उत्पादन गरेका कृषिजन्य सामानहरूको लागि पनि संघीय सरकार समक्ष एउटा चिस्यान केन्द्रको आवश्यकता महशुस गरी आवश्यक बजेटको माग गरेको जनाउनुभयो। पत्रकार सम्मेलनको संयोजन तथा संचालन नगरका सूचना संयोजक सन्तोष राईले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here