अयोध्याको राममन्दिरमा प्राणप्रतिष्ठाका दिन भैरहवामा निकालियो शोभायात्रा

0
7

काठमाण्डौं ।

भारतको अयोध्यामा श्रीराम मन्दिरको प्राणप्रतिष्ठा हुने दिन रुपन्देहीको भैरहवा ‘राममय’ बनेको छ । सोमबार बिहानैदेखि भैरहवाको विभिन्न स्थानमा रामधुन गुञ्जिएको छ ।

प्राणप्रतिष्ठाको अवसरमा सोमबार भैरहवामा वृहत शोभा यात्रा निकालिएको छ । सिद्धार्थनगर नगरपालिका–४ स्थित श्रीराम जानकी हनुमान मन्दिरबाट सुरु भएको शोभा यात्राले नगरको विभिन्न स्थानको परिक्रमा गरेको छ ।

सनातनी युवा परिवार, सनातन हिन्दू धर्म संस्कृति संरक्षण अभियान रुपन्देहीको अगुवाइमा शोभा यात्रा निकालिएको हो । शोभा यात्रामा पूर्व सांसद् प्रमोद कुमार यादव, लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, सहित स्थानीयको उत्साहजनक सहभागीता रहेको थियो ।

भैरहवाको गल्लामण्डी, बैंकरोड, सानु डिपार्टमेन्टल स्टोर ,आवारोड, नारायणपथमा स्थानियहरुले मिठाई बाडेर आफ्नो खुशी ब्यक्त गरेका छन् । प्राणप्रतिष्ठाकै अवसरमा भैरहवाका बाटोहरु सजाईएका छन् । रामनामी झण्डा, तोरण लगायतले टोल टोल सजेका छन् । हनुमान मन्दिरबाट निस्किएको ¥याली गल्लामण्डी, बैंकरोड, नया सडक, नारायणपथ हुदै मिलनचोक पुगेको थियो ।

रामको प्रतिक र बिभिन्न झाँकी सहित निकालिएको ¥यालीमा २० हजार बढी सहभागी भएको आयोजक सनातनी युवा परिवारका कार्यक्रम संयोजक बैंजनाथ गुप्ताले बताए । उनले सभ्य र भब्य रुपमा कार्यक्रम सम्पन्न भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here