जलेश्वरद्वारा मनोपरामर्श अभिमुखिकरण कार्यक्रम शुरु

0
10

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा शनिबारदेखि दुई दिने मनोपरामर्श अभिमुखिकरण कार्यक्रम शुरु भएको छ ।

स्थानीय जलेश्वर स्वावलम्वन समाजको सभाहलमा ललितपुरस्थित टेवा नेपालको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

वैदेशीक रोजगारीमा रहेका व्यक्तिको परिवारका सदस्यलाई लक्षित गरि सञ्चालन गरिएको कार्यक्रममा सहजकर्ता कोशी प्रदेशकी रोष्टर ट्रेनर अरुण चौधरीले सहजिकरण गर्ने छन् ।

नगर सभा सदस्य सरु बुढाथोकी, सहजकर्ता चौधरीलगायतले आफ्नो धारणा राखेको कार्यक्रममा ३० जना बढी महिलाको सहभागिता रहेको छ । केन्द्रकी सदस्य हीमा विष्टले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन परिचालक मञ्जु दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here