मुद्रण उद्योग संघ झापाको सभा सम्पन्न, अध्यक्षमा रोहित

0
11

बिर्तामोड ।

मुद्रण उद्योग संघ झापाको छैटौं वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

संघका अध्यक्ष युवराज डाँगीको अध्यक्षतामा रहेको कार्यक्रम मुद्रण व्यवसायी रमेशकुमार रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

अधिवेशनबाट रोहितकुमार भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति समेत चयन गरिएको छ । जसको उपाध्यक्षमा गोविन्द निरौला, सचिवमा भानु खनाल, कोषाध्यक्ष रमेश बस्नेत, सहसचिवमा टंक निरौला र सदस्यमा क्रमशः पुण्यप्रसाद खतिवडा, राजु पोख्रेल, विष्णु सुब्बा, मिनबहादुर कार्की, राजु साह, विष्णु बराल निर्विरोध चयन भएका छन् ।

सुखानी सहिद स्मृति प्रतिष्ठान, सालवारीमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष खड्गबहादुर खड्काले गरेको कार्यक्रमको सञ्चालन सचिव रोहितकुमार भट्टराइले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here