माई नगरपालिकामा भू-उपयोग नक्सा अध्यावधी गरिने

0
20

विमल दहाल, इलाम ।

भू–उपयोग ऐन २०७६ तथा भू–उयोग नियमावली २०७९ का आधारमा माई नगरपालिका इलामले भू–उपयोग नक्सा अध्यावधी गर्ने भएको छ ।

भुउपयोग ऐन २०७६ को दफ (५) २ मा मन्त्रालयले प्रत्येक स्थानीय तहको भुउपयोग क्षेत्रको नक्सा तयार गर्नु गराउनु पर्ने ब्यबस्था भए बमोजिम दश वटा क्षेत्रमा बिभाजन रहने गरी जग्गा बर्गिकरण गर्न लागिएको हो । नक्सा अध्यावधीक गर्ने प्रयोजनका लागि बिभिन्न क्षेत्रमा जग्गा विभाजन गर्नुपर्ने रहेकाले सोको लागि कार्य शुरु गरिने माई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

भू–उपयोग ऐन २०७६ को दफा ३२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले नियम बनाएको छ । भुमी, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सुचना बमोजिम भू–उपयोग नियामावली २०७९ को अनुसुची १ को नियम ८ संग सम्बन्धीत भुउपयोग क्षेत्र बर्गिकरण आधार, मापदण्ड तथा क्षेत्रफल तोकिएको छ । जग्गा बर्गिाकरणको दश क्षत्र अन्र्तगत कृषि क्षेत्र, आवशिय क्षेत्र, व्यवसायिक क्षेत्र, औधोगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, बनजंगल क्षेत्र रहेका छन ।

त्यस्तै खोला नदी ताल सिमसार क्षेत्र, सार्बजनिक उपयोग क्षेत्र, साँस्कृतिक तथा पुरातात्विक क्षेत्र र नेपाल सरकारले आबश्यकक्ता अनुसारको अन्य क्षेत्र रहेका छन । बिशेष गरी कृषी क्षेत्र नक्सा वा फिल्डमा कुनै बाटो, सार्बजनिक पर्ति जग्गाले नर्छोको, भविश्यमा बाटोको छनौट वा भूवनोट वा अन्य कारणले बाटो निर्माण गर्न उपयुक्त नदेखिएको क्षेत्रको जग्गा, बसोबास बाहेकका अन्य क्षेत्रमा बर्गि नभएको ५ हजार बर्गमिटर अर्थात ९ रोपनी १३ आना २ पैसा वरावरको जग्गा भन्दा बढीको अर्धव्यास भित्रको ४५ डिग्री भन्दा बढी भिरालो भएको कृषि योग्य जग्गा लयायत रहेको छ ।

त्यस्तै आवास क्षेत्र अन्र्तगत घर संरचना र सो संग जोडिएको अन्य संरचनाले चर्चेको जग्गा, घर संरचना नभएपनि बाटो, सार्बजनिक सरकारी पर्ति एलानी जग्गासैग जोडिएको जग्गा र त्यस्तो जग्गा संग जोडिएकोसमान धरातलीय अवस्थाको विजुली, पानी तथा भैतिक पूर्वाधार निर्माण बिभ भएको एक हेक्टर अर्धब्यास भित्रको बसोबास योग्य जग्गा लगायत रहेको छ ।

हाल भोगचलन गर्दै आएको जग्गालाई कानूनलेनै व्यवस्था गरेर क्षेत्र बिभाजनको मापदण्ड तोकेको भएपनि जग्गा बर्गिकरणमा लामो कार्यबिधी अवलम्वन गर्नु पर्ने देखिएको छ । कार्यबिधी अन्र्तगत भुउपयोग क्षेत्र नक्सा तथा तथ्याङ्क माग गर्ने, सुचना प्रकाशन, स्थानीय तहमा भू–उपयोग समिति गठन, प्रत्येक वडामा कार्यान्वयन समिति गठन, वडा अन्र्तगत टोल स्तरीय कार्यान्वयन समिति गठन, भुउपयोग क्षेत्र, बर्गिकरणका आधार, मापदण्ड, तयार गर्ने र स्वीकृत गर्ने रहेका छन ।

त्यस्तै कार्यबिधी अन्र्तगत भुउपयोग नक्सा अध्यावधिक, सात दिने सुचना प्रकाशन, अध्यावधिक नक्सामा त्रुटी वा असन्तुष्टि रहेमा आधार र कारणहरु खुलाई नक्सा र धनिपुर्जाको प्रतिलिपी सहितको निबेदन पेश गर्ने, अध्यावधिक नक्सामा भएका त्रुटी वा असन्तुष्टिहरु माथि अन्तरकृया तथा छलफल गरेर निर्णय गर्ने, निर्णय भए अनुसारको अध्यावधिक नक्सा सच्याउने, भुउपयोग योजना तर्जुमा गर्ने, क्षेत्र बर्गिकरण भए पछी ७ दिन भित्रमा सो विवरण विभाग प्रदेश भूउपयोग परिषदर संघिय भूउपयोग परिषदमा पठाउने र भूउपयोग क्षेत्र बर्गिकरण भए पछी स्थानीय पत्रपत्रिका तथा बिद्यूतीय संचार माध्याममा सूचना प्रकाशन गर्ने रहेका छन ।

भू–उपयोग कार्यबिधी अनुसार जग्गा बर्गिकरणका लागि सरोकारवाला संग अन्तरकृया शुरु गरिएको माई नगरपालिकाका प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिनुभएको छ । मेयर लिम्बुका अनुसार नगर कार्यपालिका र स्थानीय राजनैतिक दलसंग भूउपयोग नक्सा अध्यावधिक सम्बन्धी शुक्रबार अन्तरकृया शुरु भएको छ । विआन ईन्जिनियरिङ्ग प्रालि कन्काई–३ झापाको सहजीकरणमा अन्तरकृया भएको थियो । भू–उपयोग सम्बन्धी कानुाी व्यवस्था र कार्यान्वयका बिषयमा भएको कार्यशालामा विआनका जीतविक्रम घिमिरे, दिवश ओली र दिपक पोख्रेलले सहजीकरण गर्नुभएको थियो ।

माई नगरपालिका क्षेत्रफलको आधारमा ईलाम जिल्लाको दोश्रो ठुलो स्थानीय तह÷नगरपालिका हो भने जनसंख्याको हिसाबले सबै भन्दा कम जनसंख्या भएको नगरपालिका हो । २६४ दशमलव ०९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको माई नगरपालिकामा हाल दश वटा वडा रहेका छन् भौगोलिक हिसाबले माई नगरपालिका २६ डिग्री ४५ मिनेट उत्तरी अक्षांश र ८७ डिग्री ५२ मिनेट पूर्वी देशान्तरमा अवस्थित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here