नेपाली भाषा शिक्षण पाठ्यक्रम विमर्श तथा सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न

0
9

कमल ।

झापाको कमल गाउँपालिकामा एक दिने नेपाली भाषा शिक्षण पाठ्यक्रम विमर्श तथा सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नगर कार्य समिति शिवसतासी र गाउँ कार्य समिति कमलको आयोजना तथा ऐरावती प्रकाशन प्रा.लि.को संयोजनमा कमल ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा शिवसतासी नगरपालिका र कमल गाउँपालिकामा रहेका विद्यालयका नेपाली शिक्षक बिच नेपाली भाषा शिक्षण पाठ्यक्रम विमर्श तथा सिर्जनात्मक लेखन सम्बन्धी छलफल तथा अन्तरकृया भएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य प्रा.डा. देवी नेपालले अबको शिक्षा विद्यार्थी मुखी तथा विद्यार्थी केन्द्रित हुनु पर्ने आवश्यक रहेको बताए ।

शिक्षकले दिनभरी कक्षा कोठामा मेहनत गरेको भएपनि त्यसको उपलब्धि शून्य भएकोले आगामी दिनमा शिक्षकले कक्षा कोठामा गरेको मेहनत बाट विद्यार्थीले प्रतिफल पाउनेगरी वातावरण सृजना गर्दै व्याहारिक शिक्षामा जोड दिनुपर्ने प्रा. डा.नेपालले बताए ।

कार्यक्रममा प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले आफू भन्दा जान्ने कोही छैन भन्ने घमण्डका कारण आज हामी पछि परिरहेका छौ । त्यसैले यस्ता कार्यक्रमले आफूले गरेका सानो तिनो गल्तिलाई सुधार्ने र एक आपसमा अनुभव शेयर गर्ने महत्व पुर्ण अवसर प्राप्त हुनेछ । आगामी दिनमा विद्यार्थीलाई संस्करयुक्त शिक्षा प्रदान गर्नमा ठुलो सहयोग पुग्ने अध्यक्ष फागोले बताए ।

त्यस्तै कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले यस्ता कार्यक्रममा सहभागी आफै सक्रिय भएर छलफल र अनुभव आदन प्रदान गर्नुपर्छ जसबाट सृजनात्मक कुराहरू आउन सक्छन् र त्यसलाई भोलिका दिनमा आफ्ना विद्यार्थीमाझ लागु गर्न सके तपाईँहरूको मेहनत सफल हुने भएकोले कार्यक्रममा सक्रिय सहभागीलाई अनुरोध गरिन् ।

प्याब्सन कमलका अध्यक्ष बदीराम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सहभागीलाई प्रा. डा. देवी नेपाल, साहित्यकार रामदेब पाण्डे र अधिवक्ता फडिन्द्र राज दाहालले सहजी करण गरेका थिए ।
कार्यक्रमको सञ्चालन ऐरावती प्रकाशन कोशी प्रदेश प्रमुख विनोद सापकोटाले गरेका थिए भने प्याब्सन शिवसतासीको अध्यक्ष राम सुहाङले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here