एक हजारभन्दा बढी विपन्नलाई कम्बल वितरण

0
6

सर्लाही,

जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले अतिविपन्न नागरिकलाई कम्बल वितरण गरेको छ ।

मधेस प्रदेश सरकारले उपलव्ध गराएको एक हजार दुई सय ८० थान कम्बल अतिविपन्न नागरिकलाई वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले राससलाई जानकारी दिनुभयो ।

प्रजिअ धमलाका अनुसार जिल्लाको मलङ्गवा, बलरा, गोडैता, कविलासी, बागमती, हरिवन र ईश्वरपुर नगरपालिकाका साथै कौडेना, चक्रघट्टा, विष्णु, रामनगर, चन्द्रनगर, पर्सा, धनकौल र ब्रम्हपुरी गाउँपालिकाका अतिविपन्न नागरिकलाई एक हजार दुई सय ८० थान कम्बल वितरण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक प्रवीण धिताल, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हेडक्वार्टर गण सर्लाहीका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी,राष्ट्रिय अनुसन्धानका अनुसन्धान उपनिर्देशक सन्तोष ढुङ्गेलसहितको टोली अतिविपन्न बस्तीमा पुगेर कम्बल वितरण गर्नुभएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here