नक्कलीसंग सक्कली सुन साटेपछि …

0
9

झापा ।

झापाको बिर्ताामोड ५ स्थित हनुमान सेन्टल नजिकै एक समूहले एक बृद्धा महिलालाई नक्कली सुन दिएर सक्कली सुन लिएर फरार भएका छन् ।

आइतवार अपरान्ह बिर्तामोड ५ स्थित ७१ बर्षीया बिष्णुमाया सुवेदीले लगाएको सुनको डेढ तोलाको ब्रासलेट र औठी लिएर तीन चार जनाको समूह फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार ३/४ जनाको संख्यामा रहेका व्यक्तिले नक्कली सुन देखाएर बृद्ध महिलाले लगाएको सक्कली सुन लिएर फरार भएका छन् । बृद्धा महिलालाई सुन जस्तो देखिने नक्कली सुनको ढिक्का दिई उनले लगाएको सुन लिएर फरार भएको प्रहरीले जनाएको छ ।

सुन लिएर फरार भएपछि बृद्धा महिलाले आफू ठगिएको महसुस गर्दै इलाका प्रहरी कार्यालयमा जानकारी गराएसंगै घटनामा सम्लग्नहरुको खोजी कार्य शुरु गरिएको प्रहरीले जनाएको छ । ठगी गर्ने समूहले विस्कुट जस्तो देखिने ढिक्का सुन देखाएर महिलाले लगाएका गर गहनाहरु लिएर भागेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here