मर्यादा पुरुषोत्तम श्रीरामको कार्यक्रमसँगै बाँकेका मठ मन्दिरहरु श्रीराममय बनाउने तयारी, कहाँ के के कार्यक्रम हुँदैछ ?

0
7

नेपालगन्ज,

हिन्दु स्वयंसेवक संघ नेपालद्वारा मंगलबार धार्मिक संघ संस्था समन्वय बैठक सम्पन्न गरिएको छ ।

उक्त अवसरमा बाँके जिल्ला भित्र रहेका विभिन्न धार्मिक संघ संगठनका अगुवाहरुलाई सहभागी गराई मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मभूमिमा निर्माण भईरहेको मन्दिरको भूतलको गर्भगृहमा भगवान श्रीरामको बाल स्वरुपको नयाँ मूर्तिको प्राण–प्रतिष्ठा हुन गईरहेको अवसरमा विश्व नै खुशियाली मनाउने भएको हुँदा बाँके जिल्ला भित्र रहेका मठ मन्दिरहरुको बढीभन्दा बढी जनसहभागि गराई कसरी मनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित भई बैठक सम्पन्न भएको छ ।

सोही धार्मिक संघ संस्था समन्वय बैठकमा सहभागीहरुले आफ्नो संस्थामार्फत कुन स्थानमा कसरी भगवान श्रीरामलाई स्मरण योग्य धार्मिक कार्य गर्न सकिन्छ भन्ने जानकारी गराएका थिए ।
अगामी पौष शुक्ल द्वादशी २२ जनवरी अर्थात माघ ८ गते सोमबारको दिन आयोध्यमा जन्मभूमि निर्माण भईरहेको नया“ मन्दिरको भूतलको गर्भगृहमा भगवान श्रीरामको बाल स्वरुपको नयाँ मूर्तिको प्राण प्रतिष्ठा कार्यक्रमको अवसरमा बाँके जिल्लाको विभिन्न स्थानहरुमा भब्य तथा सभ्य तवरले विभिन्न कार्यक्रम मनाउने भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण मठमन्दिरहरुमा दिपोत्सव, मन्दिरलाई सजाउने, झालर आदि लगाउने कार्य हुनुका साथै विभिन्न धार्मिक संघ, संगठनहरुद्वारा भगवान श्रीराम कथा, भजन–किर्तन, उपमहानगर भित्र पद यात्रा, भगवान श्रीरामको बाल्यकालको झलक आउने गरी झाँकी, मोटरसाईकल ¥याली, रथयात्रा लगायतको कार्यक्रम हुने भएको छ ।
सो क्रममा विभिन्न स्थानबाट पद यात्रा, ¥याली, रथ यात्रा हुने क्रममा उपमहानगरबासीहरुद्वारा पुष्प गुच्छाले स्वागत चोक चोकमा गर्नुका साथै विभिन्न मठ मन्दिरमा प्रसाद वितरण कार्यक्रम रहेको जनाईएको छ ।
यसैगरी धार्मिक शक्ति पीठको रुपमा प्रसिद्ध बागेश्वरी मन्दिरमा विभिन्न कार्यक्रमहरुको आयोजना हुने समेत आयोजकहरुले जनाएका छन् । मन्दिर प्रा·णमा भजन–किर्तन, भगवान श्रीराम लिला, दिपोत्सव लगायतको कार्यक्रमको आयोजना हुने मन्दिर व्यवस्थापन समितिका सदस्य सुरेन्द्र हमालले बताउनुभयो ।

यसैगरी नरैनापुर गाउँपालिका भित्र रहेका विभिन्न मठ मन्दिरहरुमा दिपोत्सव, रथयात्रा, घर–घरमा दीप जलाउने, प्रसाद वितरण कार्यक्रम गरिनुका साथै भगवान श्रीरामको कथा बाचन लगायतका कार्यक्रम रहेको विश्व हिन्दु परिषदका रामकुमार दीक्षितले बताउनुभयो ।

नरैनापुर गाउँपालिका भित्र रहेका युवाहरुलाई मर्यादा पुरुषोत्तम भगवान श्रीरामको चरित्र वर्णन गराउनुका साथै पालिका भित्र रहेका मन्दिरहरुमा भगवान श्रीराम कथाको आयोजना समेत गरिने विश्व हिन्दु परिषदका प्रमोद शर्माले बताउनुभयो ।

यसैक्रममा धार्मिक एवम् पर्यटकीय स्थल श्री श्री १००८ हडिया बाबा आश्रममा वाल्मीकि रामायण कथाको शुभारम्भका साथै दिपोत्सव मनाउने भएका छन् । यसैगरी, नेपालगन्जमा रहेको श्रीराम जानकी मन्दिर व्यवस्थापन समितिले सोही दिन विभिन्न कार्यक्रम गरि मर्यादा पुरूषोत्तम भगवान रामको ५०० सय वर्षपछि अविभार्व एवम् प्राण प्रतिष्ठालाई भब्य तथा सभ्य तवरले मनाउने भएको छ ।

श्रीराम जानकी मन्दिर व्यवस्थापन समितिले दिएको जानकारी अनुसार भगवान श्रीराम सबैको हुन सबैले हर्षाेउल्लासका साथ मनाउन मन्दिरद्वारा आयोजित कार्यक्रममा सहभागी हुनुका साथै आ–आफ्नो घर आँगनमा समेत दिपोत्सव मनाउन अनुरोध गरेको छ ।

यसैगरी नेपालगन्जमा सोही अवसरमा भगवान श्रीरामको स्मरणमा ¥याली निकाल्ने तथा उनको बाल्यकालको स्मरण गराउने गरि ¥यालीलाई नेपालगन्ज उपमहानगरपालिसका परिक्रमा गराउने जानकारी दिएका छन् ।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी, बाँके प्रहरी प्रमुख, नेपालगन्ज उपमहानगरपालिका प्रमुख मेयर, उपमेयर, सामाजिक व्यक्तित्वहरूको सहभागिता रहनुका साथै उपमहानगरबासीहरुको सहभागिता रहने बताईएको छ ।

यसैगरी कोहलपुर रामजानकी गौशाला अध्यक्ष डा. ढकनाथ सोपकोटाले दिएको जानकारी अनुसार माघ ७ गतेदेखि नै कोहलपुर नगरपालिका भित्र रहेका मठ मन्दिरहरुलाई सजिसजाऊ बनाउने, सबै मन्दिरहरुमा भजन–किर्तनको आयोजना गरिने तथा भोलि पल्ट प्राण प्रतिष्ठाका दिन मदन चोकमा रहेको हनुमान शिवपर्वती मन्दिरमा नगरपालिका भित्र रहेका मठमन्दिरहरुका भक्तहरु उपस्थित हुने एवम् सोही स्थानबाट झाँकी रथसहित लाखे नाच, मयुर नाथ, टप्प नाच हरेक समुदायको झा–झल्को दिन नाचसहित पाञ्चे बाजागाजासाथ किरणनाला, सशस्त्र क्याम्प हुँदै कोहलपुर चौराह पुगेर बजार परिक्रममा पश्चात रातभरी सोही ठाउँमा रहेको गौशालामा भजन–किर्तन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

यसैगरी, बर्दिया जिल्लामा समेत सोही अवसरमा आयोध्यामा अभूतपूर्व आनन्दको वातावरण रहने बताईएको छ । आफ्नो गाउँ, इलाकामा अवस्थित प्रत्येक मन्दिरमा घोषणा गरिएको दिन सत्स· गर्ने, रामभक्तहरुलाई भेला गरी, भजन–किर्तन, टेलिभिजन वा पर्दा (एलईडी स्क्रिन) हाल्ने, समाजलाई आयोध्याको प्राण–प्रतिष्ठा समारोह देखाउने, शंक बजाउने, घण्टी बजाउने, आरती गर्ने, प्रसाद वितरण गर्ने कार्यक्रम तय गरिएको जनाईएको छ ।

कार्यक्रमको ढाँचा मन्दिर केन्द्रित हुनुका साथै आफ्नो मन्दिरमा अवस्थित देवी देवताहरुको भजन किर्तन, आरती पूजा गर्ने सबैमा अनुरोध गरिएको छ । सामूहिक रुपमा विजय महामन्त्र ‘श्री राम जय राम जय जय राम’ १०८ पटक जप गर्नु र सामूहिक रुपमा हनुमान चालिसाको पाठ बाचन गर्नुका साथै प्राण प्रतिष्ठाको दिन साँझ सूर्यास्त पछि आप्mनो घरको अगाडी दीप प्रज्वलन गरी देवतालाई प्रसन्न पार्ने गरी दिपोत्सव मनाउन समेत सबैमा अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here