चीनमा पहिरो जाँदा ३९ जनाको मृत्यु

0
5

काठमाण्डौ,

दक्षिणपश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

सो पहिरामा परी अझै पाँच जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा यो विपद् आएको हो ।

चिसो तापक्रम र हिमपातको बीचमा खोजी र उद्धार कार्य जारी राखिएको छ ।

घटनास्थलमा एक्साभेटर, ड्रोन र उद्धार गर्ने कुकुरको सहयोगमा १ हजार भन्दा बढी उद्धारकर्ताले काम गरिरहेको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ । बाँचेका दुई जनाको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्थानीय विज्ञहरूले गरेको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै भनिएको छ कि उक्त पहिरो ठाडो चट्टान क्षेत्रको भत्किएर आएको थियो, जसमा करिब १०० मिटर चौडाइ, ६० मिटर अग्लो र औसत ६ मिटर गहिराइमा भत्किएको थियो ।

प्रारम्भिक स्खलन के कारणले भयो ? भन्ने बारे विस्तृत विवरण दिइएको छैन । खबरहब

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here