साउदी अरबमा मदिरा पसल खोल्ने तयारी, गैर मुसलमानले खान पाउने

0
5

काठमाण्डौ,

साउदी अरबले राजधानी रियादमा आफ्नो पहिलो मदिरा पसल खोल्ने तयारी गरिरहेको छ ।

यो मदिरा स्टोरले गैर–मुस्लिम कूटनीतिज्ञहरूलाई विशेष रूपमा सेवा दिनेछ । योजनासँग परिचित स्रोतका अनुसार यस सम्बन्धमा एउटा दस्तावेज तयार गरिएको छ, जुन बाहिर पनि आएको छ ।

यो कागजातमा मदिरा किन्नका लागि ग्राहकले मोबाइल एप मार्फत दर्ता गरी विदेश मन्त्रालयबाट क्लियरेन्स कोड लिनुपर्ने उल्लेख गरेको जावा न्युजले दाबी गरेको छ । यद्यपि, ग्राहकहरूले सीमित मात्रामा रक्सी खरिद गर्न सक्नेछन् । खबरहब

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here