एक्सेल बैंकद्वाारा दुर्घटना न्यूनीकरणमा सहयोग

0
10

बिर्तामोड ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड झोराहाट शाखाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना प्रवाह गर्न सहयाोग गरेकाो छ ।

विराटनगर–विराटचौक रोड अन्तर्गत झोराहाट बजार क्षेत्रमा ट्राफिक सचेतनाका लागि उपयोगि हुने सांकेतिक एवम् सन्देश मूलक ट्राफिक पोलहरु ६ थान ट्राफिक प्रहरी पोष्ट हरैंचालाई हस्तान्तरण गर्नुका साथै १० थान सवारी ज्याकेट सवारी चालकहरुलाई हस्तान्तरण गरेको बताइएको छ ।

सवारी चालकहरुलाई ट्राफिक प्रहरीको तर्फबाट दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना मुलक तालिम तथा बैंकको तर्फबाट वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम सप्मन्न गरेको जनाइएको छ ।

ट्राफिक पोलहरु हस्तान्तरण कार्यक्रममा ग्रामथान गाउँपालिका–२ का वडाध्यक्ष यादवप्रसाद खतिवडा, प्रहरी चौकी झोराहाटका प्रहरी सहायक निरीक्षक कपलेस्वर स्वर्णकार, ट्राफिक प्रहरी पोष्ट हरैंचाका प्रहरी सहायक हवल्दार प्रेमकुमार भट्टराईको, बैंकका झोराहाट शाखाका प्रबन्धक कृश्चल ढकाल लगायतको उपस्थिति रहेको थियो । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here