पाकिस्तानमा र्‍यालीका क्रममा बिस्फोट हुँदा ५ जनाको मृत्यु

0
12

एजेन्सी ।

दक्षिण पश्चिम पाकिस्तानमा राजनीतिक र्‍यालीका क्रममा बिस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलवार एउटा राजनीतिक र्‍यालीका क्रममा बिस्फोट हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका छन्

घटना बेलुका पौने ६ बजे प्रान्तको सिबी जिल्लामा मोटरसाइकलमा राखिएको बिस्फोटक पदार्थ बिस्फोट भएको स्रोतले बताएको छ । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को र्‍यालीलाई लक्षित गरी हमला गरिएको स्रोतले बताएको छ ।

घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले पनि लिएको छैन । ईमेज खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here