पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

0
5

काठमाडौँ ।

पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर-इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल सजाय सुनाएको छ । अदालतले खानले सन् २०१८ मा गरेको बुशरा बीबीसँगको विवाह गैरकानुनी ठहर गरेको हो ।

खान भ्रष्टाचारको आरोपमा जेलमा छन् । ७१ वर्षीय खानले आफूविरुद्ध भएका धेरै मुद्दाहरू राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् ।पाकिस्तानका पूर्व क्रिकेट कप्तानबाट राजनीतिज्ञ बनेकालाई सन् २०२२ मा प्रधानमन्त्री पदबाट हटेका थिए ।

सत्ताको निसानामा इमरान

बीबीका पूर्व पतिले उजुरी दिएका थिए, उसले खानसँगको विवाह धोखाधडी भएको बताएका थिए । मुस्लिम पारिवारिक कानून अनुसार, श्रीमानको मृत्यु भएको वा सम्बन्धविच्छेद भएको केही महिनासम्म महिलाहरूलाई पुनर्विवाह गर्न निषेध गरिएको छ। बीबीले सम्बन्धविच्छेदपछि तोकिएको समय नपुग्दै दोस्रो विवाह गरेको अदालतले ठहर गरेको छ ।

खान प्रधानमन्त्री निर्वाचित हुनुभन्दा अघि यो जोडीले विवाह गरेको थियो । ४० वर्षको उमेरकी बीबी खानकी तेस्री पत्नी हुन् । खानका लागि शनिबार तोकिएको जेल सजाय एक साताभन्दा कम अवधिमै तेस्रो हो । गोप्य कागजात चुहावट गरेको अभियोगमा गत मंगलबार उनलाई १० वर्षको जेल सजाय सुनाइएको थियो ।

गत बुधबार उनी र उनकी श्रीमतीले साउदी युवराजबाट गहनासहित कार्यालयमा प्राप्त राज्य उपहारहरू बेचेको वा राखेको ठहर गर्दै १४ वर्षको जेल सजाय सुनाइएको थियो । अदालतले बुशरा बीबीलाई घरमै नजरबन्दमा राख्न अनुमति दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here