कालिकापीठ कालीस्थानमा सातदिवसीय योग शिविर शुरु

0
11

कालीस्थान।

झापाको अर्जुनधारा–९ स्थित कालिकापीठ कालीस्थानमा सातदिवसीय योग शिविर शुरु भएको छ ।

पतञ्जली योग समिति अर्जुनधाराको संयोजन, कालिका बहुद्देश्यीय सहकारी संस्थाको आयोजना एवं कालिकापीठ कालीस्थानको ब्यवस्थापनमा सातदिने योग शिविर शुरु भएको हो ।

आयोजक संस्थाका अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षता एवं वडा नं–१० का वडाध्यक्ष भुपेन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा कालिकापीठका प्राचार्य आ. रघुनाथ रिजाल, पतञ्जली योग समिति झापाका सदस्य देविका सिग्देल, इन्दु पूर्वेली, पतञ्जली योग समिति अर्जुनधाराका अध्यक्ष दधिराम मिश्र, उपाध्यक्ष टंककुमार बस्नेत, महामन्त्री केदारनाथ ढुङ्गेल, सदस्यहरु गोविन्द पोखरेल, तिला न्यौपाने, १० नं वडा संयोजक गोपी सिग्देल लगायतको आतिथ्य रहेको थियो ।

योग शिविरको समुद्घाटन गर्दै प्रमुख अतिथि एवं अतिथिहरुले नियमित योग साधनाले निरोगी हुने बताउँदै योग सिकेपछि निरन्तर साधना गर्न आग्रह गरेका थिए ।

दधिराम मिश्रले योगअभ्यासको प्रशिक्षण दिनुभएको कार्यक्रममा स्थानीय महिला र पुरुष गरी ५० बढीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गान्धारी मिश्रले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here