डिप्रोक्स लघुवित्त संस्थाद्वारा वित्तीय साक्षरता तालिम

0
7

कमल ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आज एक कार्यक्रमका बीच सदस्यलाई वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरेको छ ।

कमल गाउँपालिका ५ स्थित एक पार्टी प्यालेसको सभाहलमा सम्पन्न कार्यक्रममा सस्थाले केन्द्र प्रमुखलाई लक्षित गरेर वित्तीय साक्षरता सम्बन्धी गोष्ठी सञ्चालन गरेको संस्थाले जनाएको छ ।

कार्यक्रममा सहभागी सदस्यलाई संस्थाका प्रदेश प्रमुख अर्जुन पोख्रेल र अनुगमन अधिकृत अनिल कुमार पन्जियारले सहजीकरण गरेका थिए ।

केन्द्र प्रमुख पाण्डुका नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी लाई संस्थाका केर्खा शाखा प्रमुख सूर्यबहादुर प्रधानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाले देशभरका १ सय ९५ वटा शाखा बाट सदस्यलाई कर्जा लागनीका साथै विभिन्न प्रकारका तालिम प्रदान गर्दै आइरहेको बताए ।

कार्यक्रममा सहभागीलाई संस्थाका कर्मचारी सन्जोग सेर्माले स्वागत गरेका थिए भने शाखाका कर्मचारी रामप्रसाद दुलालले सञ्चालन गरेका थिए । गोष्ठीमा ६० जना भन्दा बढी महिला सहभागी रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here