कृषि बजारको निर्वाचन फेरि स्थगित

0
6

झापा । अर्जुनधारा नगरपालिकाले सिफारिस गरी पठाएको किसान प्रतिनिधिमा विवाद उठेसंगै स्थगित भएको निर्वाचन अझैं हुन सकेको छैन । पटक पटकका वार्ता र सम्वादमा सहमति नजुटेसंगै निर्वाचन अनिश्चित बनेको हो । यस अघि तय भएको निर्वाचनको दुई पटकको मितिमा पनि निर्वाचन गराउन निर्वाचन समिति असफल भएको हो ।
सोमवारदेखि विथोलिएको निर्वाचन हालसम्म हुन नसकेको हो । योसंगै तेस्रो पटक निर्वाचन स्थगित भएको हो । मुख्य निर्वाचन अधिकृतले वुधवार हुने भनिएको निर्वाचन स्थगन गरिएको सूचना जारी गरी गर्दै जनाएका छन् ।
समितिका अध्यक्ष कमलप्रसाद पौडेलको अध्यक्षतामा वुधवार बिहान बसेको बैठकमा सरोकारवालाहरुबीच छलफल गराउँदा मतदान गराउन सहमति जुट्न नसकेकाले हाललाई सो मतदान स्थगित गरिएको सूचनामा जनाइएको छ ।
यसअघि शनिवार स्थगित भएर आइतवार सुचारु गरिएको निर्वाचन सोमवार फेरि विवाद भएर बिथोलिएको थियो । अर्जुनधारा नगरपालिकाले सिफारिस गरी पठाएको किसान प्रतिनिधिमा विवाद भएको थियो । अर्जुनधारा नगरपालिकाले पाँचजनामध्ये राजेन्द्र काफ्ले नामका व्यक्तिलाई पनि किसान प्रतिनिधिको रुपमा सिफारिस गरी पठाएको थियो ।
राजेन्द्र काफ्ले नामका व्यक्तिले मतदान गरिसकेपछि त्यही नामका अर्का व्यक्तिले आफूले मतदान गर्न पाउनु पर्छ भनेपछि विवाद भएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष पौडेलले बताए । ४० जना मतदातामध्ये २६ जनाले मतदान गरिसकेपछि सक्कली नक्कली मतदातामा विवाद भएको थियो ।
पालिकाहरुले किसान भनेर सिफारिस गरी पठाएका प्रतिनिधिहरु किसान नभएर राजनीतिकर्मी भएपछि विवाद नमिलेको हो ।
निर्वाचनमा कांग्रेस र एमालेबीच नेतृत्व हत्याउने अस्वस्थ्य प्रतिष्पर्धा देखिएको छ । यसअघि शनिवार भएको मतदानबाट तीनजना व्यवसायी प्रतिनिधि निर्वाचित भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here