जिनियस किड्स मन्टेश्वरी सञ्चालनमा

0
16

मेचीनगर।

पछिल्लो समयमा व्यस्त पारिवारिक जीवनसँगै आफ्ना नानीलाई सानैदेखि गुणस्तरीय शिक्षा प्रदान गर्न मन्टेश्वरी स्कुल खुल्ने क्रम बढ्दो छ ।

योग्य र तालिम प्राप्त शिक्षक–शिक्षिका, मनोरम–शान्त वातावरण, सरसफाई, खाजा पनि खुवाउने व्यवस्था र नानीको मनस्थिति बुझेर शिक्षा शुभारम्भ गराउने भएपछि मन्टेश्वरी स्कूलप्रतिको क्रेज बढेको हो ।

टाढाको स्कूलमा धाउन बाध्य बनेका स्थानीय अभिभावक पनि आफ्नै ठाउँमा मन्टेश्वरी स्कूल सञ्चालनमा आउँदा आफ्ना नानीलाई मन्टेश्वरीमा पढाउन पठाउन तम्तयार हुन्छन् । मेचीनगरमा १२ वटाको हाराहारीमा मन्टेश्वरी स्कूल सञ्चालनमा रहेका छ्न् ।

बालबालिकाको स्वभाव र मनोविज्ञान बुझेर राम्रो शिक्षा र संस्कार प्रदान गर्न झापाको मेचीनगर–१२ स्थित धाइजनमा ‘जिनियस किड्स मन्टेश्वरी एण्ड चाइल्ड केयर होम’ नामका मन्टेश्वरी स्कूल सञ्चालनमा आएको छ । मन्टेश्वरीका लागि हल र कक्षसहित खेल स्थल तयारीपछि उद्घाटन गरी शुरु सञ्चालनमा आएको हो ।

कोरियामा १० वर्ष बसेर नेपाल फर्केपछि शिक्षाको क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थानीय पञ्चकुमार र दुर्गा लिङ्देन लावतीले मन्टेश्वरी स्कूल सञ्चालनमा आएको हो । मेचीनगर–१२ का वडा सदस्य मनोज खरेलको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बिशेष अतिथि प्रेम नेम्बाङ, प्रेमबहादुर श्रेष्ठ, पदमबहादुर सुनुवार, ज्ञानबहादुर लामा, सपना ओडारी प्रसाई, लक्ष्मी बराइली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पञ्चकुमार लावतीको अध्यक्षतामा भएको कार्यक्रममा दुर्गा लिङ्देन लावतीले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भूमिका लिम्बूले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here