परराष्ट्रमन्त्री साउद अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा जाने, को-को संग भेटघाट गर्नेछन् ?

0
8

काठमाडौँ ।

परराष्ट्रमन्त्री एनपी साउद अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलियामा २६ र २७ माघमा इन्डिया फाउन्डेसनले आयोजना गरेको सातौँ ‘इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन मन्त्री साउद २५ माघमा त्यसतर्फ प्रस्थान गर्ने छन् ।

मन्त्री साउद २८ माघमा पर्थ सहरमा आयोजना हुने कार्यक्रममा भाग लिने साथै, अस्ट्रेलियाली समकक्षी र अन्य मित्र राष्ट्रका प्रतिनिधि मण्डलसँग पनि भेट्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here