संसदमा अनसन बस्ने अब्दुल खानको चेतावनी

0
8

काठमाडौं ।

जनमत पार्टीको संसदीय दलका उपनेतामा अब्दुल खानले संसदमा अनसन बस्ने चेतावनी दिएका छन् ।

बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल नबनेको भन्दै उनले उक्त पुल निर्माणको कार्यले तिव्रता नपाए अनसन बस्ने चेतावनी दिएका हुन् ।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले विकास निर्माणको कामलाई तीव्रता दिन सरकारलाई आग्रह गरे ।

‘बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल निर्माणको निम्ति पूर्वमन्त्री माननीय ज्युले पटक-पटक आवाज उठाउँदा र अनसनस समेत बस्दा त्यो कुराको सुनुवाइ भएको छैन्’ जनमत पार्टीका सांसद खानले भने ।

यसअघि नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतम यो पुल निर्माणको माग गर्दै अनसन बसेका थिए । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले समेत नारायणघाट बुटवल पदयात्रा गरेर सरकारको ध्यानाकर्षण गरेको स्मरण गर्दै जनमत पार्टीका सांसद खानले गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

‘पूर्वगृहमन्त्री समेत रहेका माननीय रवि लामिछाने ज्युले ११३ किलोमिटर नारायणघाट बुटवल पदयात्रा गरेर सडकको स्तरउन्नती होस् भनी दबाब यात्रा गर्दा पनि त्यो काम द्रुत गतिमा भएको छैन्’ सांसद खानले ।

जनमत पार्टीका सांसद खानले यसैमा थपे, ‘यस्ता जनहितकारी कामहरु समयमा नभएकोमा दुःख व्यक्त गर्दछु । र यस्ता काम अब उप्रान्त भएन भने म पनि यो सदनमा अनसनमा बस्नका लागि तयार हुन्छु ।’ अनलाइन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here