पाकिस्तानमा दुई वटा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु

0
7

काठमाण्डौं ।

पाकिस्तानको बलोचिस्तान प्रान्तमा दुई वटा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको ज्यान गएको छ ।

पहिलो विस्फोट पिशिन जिल्लामा एक जना स्वतन्त्र उम्मेदवारको कार्यालय अगाडि र दोस्रो विस्फोट सफिउल्लाह जिल्लामा भएको बीबीसीले जनाएको छ ।

पाकिस्तानमा चुनावको अघिल्लो दिन भएको विस्फोटले धाँधली हुने सम्भावना बढेको खबरमा उल्लेख छ । भोलि हुने आमचुनावका लागि मौन अवधि शुरु भइसकेको छ ।

आयोगका अनुसार देशभर ९० हजार छ सय ७५ मतदान केन्द्र स्थापना गरिएको छ । चुनावमा एक सय ६७ राजनीतिक दल र स्वतन्त्र गरी पाँच हजार एक सय २१ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।

चुनावमा पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिगदेखि बिलवाल भुट्टो र आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टीसम्म प्रतिस्पर्धा गर्दैछन् ।

इमरान खानको पाकिस्तान तहरीक–ए–इनसाफ पाटीको चुनाव चिह्न खारेज गरेका कारण यसका उम्मेदवार स्वतन्त्ररूपमा चुनावमा प्रतिस्पर्धा गर्दैछन् । पाकिस्तानमा १२ करोड ८५ लाख जना मतदाता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here