पूर्व मेची बस व्यवसायीको अध्यक्षमा रिजाल निर्विरोध

0
10

झापा ।

पूर्व मेची बस व्यवसायी प्रालिको चौथो वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा राजेन्द्र रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि प्रालिको प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका उनी चार वर्षे कार्यकालका लागि निर्विरोध अध्यक्ष बनेका हुन् ।

निर्वाचन समितिका संयोजक मोहनप्रकाश उप्रेतीका अनुसार सदस्य पदका लागि भने मतदान भएको थियो ।

१० सदस्यीय पदका लागि १२ जनाको उम्मेदवारी परेपछि उक्त पदमा मतदान भएको हो । प्रालिको शुक्रवार वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here