पर्यटकको भेषमा आएका चिनियाँ नागरिक नेपालका लागि सुरक्षा खतरा पैदा

0
5

काठमाण्डौं ।

चिनियाँ पर्यटकहरु खुलेयाम भारतीय सीमाका साथ(साथै नेपालका विभिन्न भूभागमा यात्रा गरिरहेका छन् । यसरी यात्रा गर्ने चिनियाँ नागरिकहरु पर्यटकको भेषमा नेपालका लागि सुरक्षा खतरा पैदा गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

पछिल्लो एक वर्षमा लगभग १५ चिनियाँ नेपालबाट भारतमा अवैधरुपमा प्रवेश गर्दैगर्दा गिरफ्तार भएको तथ्यांक नेपाली सुरक्षा अधिकारीहरुसँग छ । अधिकारीहरुका अनुसार चीन भारत र मधेशको विशेष सम्बन्धमा दरार ल्याउन विभिन्न झुठा कथा बनाएर मधेशका नागरिकलाई दिगभ्रमित पार्ने कोसिस गरिरहेको छ । कैयौं चिनियाँ नागरिक नेपाल र भारतमा अवैध काम गर्नका लागि नक्कली नेपाली नागरिकता प्रमाण पत्र र पासपोर्ट बनाइरहेका छन् ।

यसको उदाहरणको रुपमा सुन तस्करी प्रकरणमा नेपाल प्रहरीले पक्राउ गरेका १० चिनियाँ नागरिकले भारतके मणिपुरबाट नक्कली भारतीय आधार कार्ड बनाएको पाइएको घटनालाई लिन सकिन्छ । उनीहरु नेपालमा सुन तस्करी तथा अन्य अपराधमा संलग्न रहेको पाइएको थियो ।

चिनियाँ नागरिकले स्थानीय प्रशासनका अधिकारीलाई घुस दिएर हिमालयको उत्तरी क्षेत्रबाट नक्कली नेपाली नागरिकतालागयत दस्तावेज बनाउँदै आएका छन् । यसरी चिनियाँ नागरिक घुसपैठ गर्दैगर्दा आउँदा वर्षहरुमा नेपालको उत्तरी क्षेत्रको जनसंख्यामा बदलाव आउन सक्छ । यहाँनेर ध्यान दिनुपर्ने विषय के हो भने, यसरी अवैध चिनियाँ नागरिक, जो नक्कली नेपाली कागजातका प्राप्त छन्, उनीहरु भारतका विभिन्न क्षेत्रहरु, सरकारी सेवालगायतमा जागिर प्राप्त गर्ने प्रयास गरिरहेका छन् ।

किनकि १९५० को शान्ति र मैत्री सन्धिअनुसार भारतले नेपालीलाई विभिन्न क्षेत्रमा जागिर प्राप्त गर्ने, घर बनाउने र जमीन खरीद गर्ने अनुमति दिँदै आएको छ। तर पर्यटकको भेषमा आउने चिनियाँ खुफिया अपराधीका कारण साधारण नेपाली पनि भारतमा शंकाको घेरामा पर्न थालेका छन् । चिनियाँ अपराधीहरुले सोझा नेपाली नागरिकलाई म्यानमार जस्ता द्वन्द्वग्रस्त क्षेत्रमा तस्करी गर्नका लागि प्रयोग गरिरहेको छ ।

साथै उनीहरुलाई अनलाइन धोखाधड़ी गतिविधिहरुका लागि प्रयोग गरिरहेको छ । यसकारण मधेसका नागरिकले चिनियाँ नागरिकहरुको निर्वाध प्रवेशविरुद्ध सक्रिय रुपले विरोध गर्न जरुरी छ । अन्यथा चिनियाँहरुको अपराधको भागिदार सोझा नेपाली र मधेशीले भोग्नुपर्ने अवस्था आउने सरकारी अधिकारीहरु बताउँछन् । नेपाल पाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here