माईको १४औ नगरसभा सम्पन्न

0
22

विमल दहाल, माई ।

माई नगरपालिका इलामको १४ औ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभाले चालु आर्थिक बर्षको खर्च हेरफेर, थपघट सहित दुईवटा ऐन संसोधन प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।

नगरसभाका अध्यक्ष तथा माई नगरपालिकाका मेयर खम्वा सिं लिम्बुको सञ्चालन एवम अध्यक्षता, उपमेयर हिमा भण्डारीको संसोधन प्रस्ताब र प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बिश्वकर्माको समन्वयमा माई नगरपालिकाको चालु आर्थिक बर्ष २०८०÷८१ मा खर्च गर्न तेह्रो नगरसभाबाट स्वीकृत बजेट तथा कार्यक्रममा केही हेरफेर थपघट गरी संसोधन कार्यक्रम संचालन गर्ने गरी नीति तथा कार्यक्रम पेश गरिएको थियो ।

उपमेयर भण्डारीले प्रस्तुत गर्नुभएको संसोधन गरिएका कार्यक्रमहरुमा प्रदेश समानीकरण हालको श्रोतलाई संसोधन गरी आन्तरिक श्रोतमा भुमी नापजाँचका लागी जीडिपिएस बजेट १५ लाख, प्रकोय तथा व्यवस्थापन कोष २५ लाख, तारजाली खरिद १० लाख, जनसिद्ध आबि भवन ४५ लाख र कृषि प्रर्बद्धन कार्यक्रम ७ लाख रहेको छ ।

त्यस्तै आन्तरिकबाट समानिकरणमा संसोधन गरिएकोमा वडा कार्यालय भवन ४० लाख, आधारभूत स्वास्थ्य केन्द्र भवन १५ लाख, बिद्यालयमा खानेपानी शौचालय, रंगरोकन लगायत विविध ब्यबस्थापन १९ लाख, साझेदारी कार्यक्रम १३ लाख, युवा विकास तथा खेलकुद कार्यक्रम १० लाख र बिभिन्न रोग बिरुद्ध भ्याक्सिनेशन कार्यक्रम ५ लाख परिबर्तन गरि समाबेश गरिएको छ । सभाले शिक्षा, लक्षित बर्ग, नगर गौरव र वडागत बजेट तथा कार्यक्रम संसोधन सहित पारित गरेको माई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

नगरसभाले माई नगरपालिका न्यायिक समिति(कार्यबिधी)ऐन, २०७४ र माई नगरपालिकाको सहकारी ऐन २०७४ मा संसोधन बिधेयक पारित गर्दै सभा सम्पन्न भएको छ । न्यायिक समिति(कार्यबिधी)ऐन, २०७४ को संसोधन प्रस्ताव वडाअध्यक्ष बुद्धिप्रसाद खनालको प्रस्तावमा अर्का वडा अध्यक्ष हेमबहादुर मगरले सर्मथन गर्नुभएको थियो । संसोधित प्रस्तावमा हालको व्यवस्थामा रहेको दफा ५९ को १ (क) मा “कम्तीमा माध्यामिक तह उर्तिण गरेको हुनु पर्नेमा” संसोधन भई “कम्तीमा साधारण लेखपढ गर्न सक्ने हुनु पर्नेमा” संसोधन पारित गरिएको छ ।

अव मेलमिलाप कर्ता बन्न माई नगरपालिकामा साधारण लेखपढ भए पुग्ने भएको छ । त्यस्तै दफा ६२ को १ मा “मेलमिलापकर्ता कहाँ पठाँउदा बढीमा ३ महिना सम्मको समय तोकी पठाउने” व्यवस्थालाई २ महिना बनाईएको छ । त्यतै दफा ६० को ३ अनुसार अनुसुची ११ को दफा २ अन्र्तगत “स्नातक तह सम्म उर्तिण गरेको हुनु पर्नेमा” मा संसोधन गरी दफा ५९ १ (क) अनुकुल बनाउन “शैक्षिक योग्यताको” भन्ने संसोधन गरिएको छ । सभाले ३७ जना तालिम प्राप्त मेलमिलापकर्तालाई पनि सुचिकृत गर्ने गरी निर्णय अनुमोदन गरेको छ ।

त्यस्तै माई नगरपालिकाको सहकारी ऐन २०७४ मा संसोधन बिधेयक प्रस्ताव वडाअध्यक्ष अमृत मोक्तानको प्रस्तावमा अर्का वडा अध्यक्ष खड्गसुन्दर योङ्गहाङ्गले सर्मथन गर्नुभएको थियो । संसोधित प्रस्तावमा हालको व्यवस्थामा रहेको दफा ५२ को १ अनुसार सहकारी संस्थाले विवरण सहितको प्रतिवेदन आर्थिक बर्षक समाप्त भएको ३ महिना भित्र दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्नेछ भन्ने व्यवस्थालाई एक महिना हुने गरी संसोधन गरिएको छ । बिभिन्न प्रस्तावमाथी नगरसभा सदस्य शेरबहादुर बस्नेत, राजकुमार गड्तौला लगायतले प्रश्न राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here