देउनियाँ खोलामा बालुवाले छापेर राखेको अवैध काठ बरामद

0
10

झापा ।

भद्रपुर नगर प्रहरीले देउनियाँ खोलाबाट अवैध काठ बरामद गरेको छ ।

नदीजन्य पदार्थ चोरी निकासी नियन्त्रणका लागि खटिएका नगर प्रहरीले मङ्गलवार बिहान ५ बजे भद्रपुर– ३ स्थित देउनियाँ खोलामा बालुवाले छापेर राखेको ७ वटा गोलिया काठ बरामद गरेको हो ।

सखुवा र टिक जातको अन्दाजी ४० किवी काठ बरामद गरिएको नगर प्रहरीका असई चन्द्र प्रधानले जानकारी दिए ।

बरामद गरिएको काठ नगरपालिकामा राखिएको उनले बताए । बरामद गरिएको काठ नजिकै चारकोशे जलथल जङ्गल रहेको छ ।

सोही जङ्गलबाट चोरी निकासी गरी काठ त्यहाँ ल्याएर लुकाएर राखेको हुन सक्ने नगर प्रहरीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here