कमल नगर अस्पतालको बार्षिकोत्सवमा फलफूल वितरण

0
18

कमल ।

झापाको कमल गाउँपालिका २ क्याम्पा स्थित कमल नगर अस्पताल आजबाट पहिलो वर्षपूरा गरी दोश्रो वर्ष प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसर पारेर गाउँपालिकाले अस्पतालमा उपचारका लागि आएका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।

बार्षिकोत्सवमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी,कमल १ का वडाअध्यक्ष केदार कटुवाल,स्वास्थ्य शाखा प्रमुख विमल थापा लगायतले फलफूल वितरण गर्नु भएको थियो ।

बार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष राईले यस अस्पताललाई आकस्मिकसहित २४ सै घण्टा स्वास्थ्य सेवा पुरयाँउने गरि काम अघि बढाईएको जानकारी दिनुभयो । अहिले एमर्जेन्सी र ल्याबका लागि भवन निर्माण भईरहेकोले भवन निर्माण सम्पन्न भएपछि आकस्मिकसहित सहित सवै सेवालाई थप विस्तार गरिने वहाँले बताउनु भयो । वहाँका अनुसार अब अस्पतालमा विशेषज्ञ सहितको सेवा टिटेटै बिस्तार बताउनुभयो ।

साविक तोपगाछी स्वास्थ्य चौकीलाई स्तरन्नति गरि गत वर्षको फागुन १ गते देखि ५ शैया बाट सेवा शुरु भएको यस अस्पतालमा हाल स्वास्थ्य बिमा कार्यक्रम सहितको सेवा विस्तार गरिएको स्वास्थ्य शाखा प्रमुख विमल थापाले बताउनु भयो ।

ओपीडी सुविधा लिने १५ हजार नाघ्यो

कमल नगर अस्पतालमा सेवाग्रहीको संख्या दिनानुदिन बढ्दै गएको छ । स्वास्थ्य चौकी हुदाँ बहिरङ सेवा (ओपीडी ) मा आउने बिमारी सन्ख्या ४७ सय थियो भने अस्पताल शुरु पछि यो संख्या दोव्वदर बढ्ेको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाका अनुसार अस्पताल सुचारु भए पछि अघिल्लो आर्थिक वर्षमा १० हजारले बिरामी सेवा लिन आएको उल्लेख छ । तर, यो चालु वर्षको माघ मसान्तसम्म अघिल्लो वर्षको तुलनामा विरामीले सेवा लिने संख्यामा ह्वात्तै बढ्ेको छ । माघ मसान्तसम्ममा अस्पतालको बहिरंग सेवा लिनेको संख्या करिव १५ हजार पुगेको छ । अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा. फुलकचन्द्र लावती, मेडिकल अधिकृत डा. रबिन्द्र शर्मा लगायतका स्वास्थ्य चिकित्सकहरु कार्यरत हुनुहुन्छ ।

यसैगरि, अस्पतालले २०७९ फागुनदेखि २०८० असार मसान्तसम्म बिमाबाट मात्र अस्पतालले २७ लाख ६४ हजार रकम आम्दानी गरेको छ भने बिमा बाहेकका बिरामीहरुबाट सशुल्क १ लाख ६१ हजार रकम आम्दानी गर्न सफल भएको अस्पतालका सूचना अधिकारी टिकाराज वर्देवाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here