दोस्रो डाँगीहाट प्रदेशस्तरीय फुटबलको फाइनलमा सिंहदेवी

0
9

पथरी (मोरङ),

मोरङको बेलबारीमा जारी दोस्रो डाँगीहाट प्रदेशस्तरीय फुटवल प्रतियोगिताको फाइनलमा सिंहदेवी सिधुवा फुटवल क्लब धनकुटा प्रवेश गरेको छ । दोस्रो हाफको १०औँ मिनेटमा सन्दीप लिम्बूले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

सिंहदेवी सिधुवाले एपिएफ पकलीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । सिंहदेवी सिधुवाका सन्दीप लिम्बूले बान भर्सेस बानमा जाली चुमाएका थिए । खेल अवधिभर दुवै टिमले पाएका अवसरलाई गोल गर्न चुक्दा खेल १–० मा सकिएको हो । आजको खेलमा एपिएफका लागि सिंहदेवी सिधुवाका गोल किपर प्रनिन्जय गच्छ्यदार बादक बने ।

खेलको म्यान अफ दि म्याच सिंहदेवी सिधुवा धनकुटाका क्याप्टेन विशाल भण्डारी घोषित हुँदै नगद रु दुइ हजार पाँच सय प्राप्त गरे । आजको सेमिफाइनल धरान फुटलब क्लब र आयोजकबीच हुनेछ ।

फागुन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता डाँगिहाटस्थित काली माविको खेल मैदानमा सञ्चालन हुँदैछ । प्रतियोगिताको बिजेताले रु एक लाख ५१ हजार र ट्रफी प्राप्त गर्दा उपविजेता टिमले रु ७५ हजार ५०० र ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याच र विधागत रुपमा सर्वोत्कृष्ट कोच, सर्वोत्कृष्ट मिडफिल्डर, सर्वाेत्कृष्ट किपर, सर्वोत्कृष्ट डिफेन्स, सर्वोेत्कृष्ट फरवर्ड सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्न रु १४ लाख लाग्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here