योग सहयोग शिक्षकहरुद्वारा अर्जुनधारा-८ मा योग साधना शुरु

0
9

अर्जुनधारा ।

 

झापाको अर्जुनधारा नगरपालिकामा हालै सम्पन्न योग प्रशिक्षणका सहभागी योग सहयोग शिक्षकहरुको आयोजनामा निरन्तर योग साधना सञ्चालन शुरु भएको छ ।

अर्जुनधारा–८ नं. वडा कार्यालयको समन्वयमा स्थानीय श्री शिवालय मन्दिरको सभाहलमा विहान ४ः३० देखि ६ बजेसम्म योग साधना सञ्चालन शुरु भएको योग सहयोग शिक्षक इन्दिरा दाहालले जानकारी दिइन् ।

वसन्त पञ्चमीको अवसरमा बुधबार वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

उद्घाटन कार्यक्रममा अर्जुनधारा–९ का वडाध्यक्ष भीष्म मिश्र र १०का वडाध्यक्ष भूपेन्द्र न्यौपाने, अर्जुनधरा–८ की वडा सदस्य सरु बुढाथोकी, पतञ्जली योग झापाका अध्यक्ष देवीप्रसाद घिमिरे, पतञ्जली योग अर्जुनधाराका अध्यक्ष दधीराम मिश्र, अर्जुनधारा जलेश्वर धामका आचार्य हेमन्त भण्डारीलगायतको सहभागिता रहेको थियो ।

योग साधनाको पहिलो दिन १७ जना योग सहायक शिक्षकको सहभागीता रहेको बताइएको छ । योग सहयोग शिक्षक सुजता शिवाकोटीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का योग सहयोग शिक्षक इन्दिरा दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here