पथरी बहुमुखी क्याम्पसको खेल सप्ताह सम्पन्न

0
12

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे १ मा स्थापित पथरी बहुमुखी क्याम्पसले वार्षिक खेल तालिका अनुसार खेल सप्ताह सम्पन्न गरेको छ ।

सोमबार क्याम्पसको खेल मैदानमा खेलकुद सप्ताहको समापन भएको हो । खेल सप्ताह अन्तर्गत ७ वटा विधाका आउट डोर खेल र ३ वटा इन्डोर खेलहरू गरी १० वटा खेलहरू आयोजना गरिएका थिए। टाईगर फाईबमा बीबीएस दोस्रो वर्षका टिम प्रथम र बीबीएस चौथो वर्ष द्वितीय भयो । यस्तै, छात्रतर्फ लङ जम्पमा रोहन कार्की प्रथम, सबिन लोहार द्वितीय तिलक मगर तृतीय भए ।

यसैगरी छात्रातर्फ अप्सना चौहान प्रथम र स्नेहा तामाङ द्वितीय भइन् । चेस खेलमा सबिन लोहार प्रथम, टेवल टेनिसमा समिर गजमेर प्रथम, प्रितम गुरागाई द्वितीय, छात्रातर्फको व्याडमिन्टनमा सलिना लिम्बु र नेहा चौधरी प्रथम, देविका राई र अनिता मगर द्वितीय भइन् । यस्तै, छात्रतर्फ क्षितिज राई र थिलेन राई प्रथम, विधान लिम्बु र समिर गजमेर द्वितीय भए् ।

छात्र तर्फको सटपुट खेलमा रोहन कार्की प्रथम, तिलक लिम्बु द्वितीय, सबिन लोहार तृतीय भएका थिए भने छात्रातर्फ ममता तामाङ प्रथम, अन्जी गुप्ता द्वितीय र संगीता तामाङ तृतीय भइन् । छात्र तर्फको १ सय मिटर दौडमा रोदन कार्की प्रथम, रोशन खत्री द्वितीय, लितक मगर तृतीय भए । यसैगरी, छात्रातर्फ भने अफ्सरा चौहान प्रथम, नुमा लिम्बु द्वितीय, संगिता तामाङ तृतीय भइन् ।

यस्तैगरि ,इन्डोर प्रतिस्पर्धामा हाजिरी जवाफ प्रतियोगितामा पञ्चायत माविको तर्फबाट निहारिका गौतम, समीक्षा कार्की र प्रतिमा श्रेष्ठ प्रथम भइन् । बुद्ध माविको तर्फबाट सम्झना राई, नववती लिम्बु, सुनिता विष्ट द्वितीय भएकी थिइन् भने जनता माविको तर्फबाट पुजा राई, सोनिया तिम्सिना, प्रतिशा भट्टराई तृतीय भएकी थिइन् ।

निवन्ध प्रतियोगितामा बीबीएस दोस्रो वर्षमा अध्ययनरत कोपिला खड्का प्रथम, बीएड चौथो वर्षकी प्रमिला राई द्वितीय, बीबीएस तेस्रो वर्षका दिकेश श्रेष्ठ तृतीय, बिएड प्रथम वर्षका विवश कार्की सान्तवना भएका थिए । छोन्दोवद्ध वाचन प्रतियोगितामा बिएड दोस्रो वर्षकी सोनिया तामाङ प्रथम, सुजिन्द राई र मिलन ढकाल द्वितीय, बिएड चौथो वर्षका भूपाल खतिवडा तृतीय, दोस्रो वर्षका शान्तिराम तिम्सिना सान्वना भएका थिए ।

यस्तै खेल सप्ताहमा स्ववियुको तर्फबाट चेस (बुद्धिचाल)मा सैलेश बिष्ट, भलिवल शम्भू शाह, ब्याड्मिन्टन आकाश राई, टाईगर फाईब खगिन मगर, छेलो सफिन आचार्य, दौड रोसन गजमेर, टेवल टेनिस सोमनाथ फुएँलले संयोजन गरेको स्ववियु सभापति केशर राईले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अथिति पथरीशनिश्चरे वडा नं. १ का अध्यक्ष भिम राईले जिद्यालय तथा खेलाडीहरूलाई बधाई दिएका थिए । कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति सदस्य दुर्गा सुवेदी दंगाल, क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, खेलको मुल संयोजक नारायण प्रसाद गौतम, विषयगत शिक्षकहरु लगायको उपस्थिति रहेको थियो । क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष माधव कोईरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here