भारत बिरोधि गतिविधि संचालित गर्दै चिनियाँ समर्थक , विद्युत ब्यापार सम्झौता बारे भ्रम फैलाउदै

0
7

सरिता सिंह /काठमाडौं ,

नेपाल भारत बिच हुने आपसी सौहार्द पुर्ण सम्बन्धलाई बिगार्न अहिले नेपालमा चिनियाँ एजेन्ट सलबलाउन थालेका छ्न । केही महिना पहिले भारतका बिदेश मन्त्री एस. जय शंकरको भ्रमणका बेला नेपाल सरकारकै निम्तोमा चिनियाँ टोलि पनि आएको थियोे ।

खासमा नेपाल सरकारमा रहेको माओवादी केन्द्रमा रहेका केही नेताहरुको ब्याक्तीगत चासो र चिनियाँ बाट परिचालन रहेका मन्त्रीहरुको षडयन्त्र रहेको एक नेताले बताएका छ्न । गत जनवरी २९ मा सूर्यनाथ उपाध्याय (पूर्व ऊर्जा सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख र नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहका सदस्य समेत रहेका निवेदन कर्ता नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौता (LTPTA) को वैधतामाथि प्रश्न उठाएको छ ।

जबकी यो मुद्दा हाल्ने व उठाउनु पर्ने कुनै  कुरा नै थिएन यो खासगरि चिनियाँ एजेन्टको रूपमा नेपाल भरी रहेको कम्युनिस्ट नेताहरु प्रोपोगन्डा बाट उतप्रेरित रहेको देखिन्छ । भारतीय विदेशमन्त्री जयशंकरको भर्खर भएको भ्रमणको क्रममा यो विद्युत ब्यापार सम्झौता हस्ताक्षर भएको थियो र यो नेपाल सरकार भारत सरकारको सहमतिमा सम्पूर्ण बुदामा व्यापक छलफल पछी सम्झौता भएको हो । उक्त सम्झौता लागू नगर्न भन्दै सुर्यनाथ उपाध्यायले  अदालतमा निवेदन दिएका हुन । नेपाल सविधानविपरीत मुलुकको प्राकृतिक स्रोतको बाँडफाँडसम्बन्धी कुनै पनि निर्णयलाई संघीय संसदको दुवै सदनमा दुई तिहाइ बहुमतले समर्थन गर्नुपर्ने भएकाले उक्त सम्झौतालाई बदर घोषणा गरिनुपर्ने माग निवेदनमा गरेका छ्न । यो सम्झौता रद्द गराउन उनी लागि परेका छ्न उपाध्यय स्वयम् बिदेशी बाट संचालित रहेको र उनी चिनियाँ एजेन्सीको लागि काम गर्ने गरेको एक जना नेताले बताएका हुन । खास्गरी नेपाल भारत सम्झौतामा कम्युनिस्ट नेताहरूले जहिले पनि भारत बिरोधि गतिविधि संचालित गर्दै आएका हुन ।

भारतमाथिको आक्रमणलाई निरन्तरता दिँदै सूर्यनाथ उपाध्यायले नेपाल सरोकार अभियानको ब्यानरमा आयोजना गरेको ‘नेपालको अन्तर्राष्ट्रिय विमानस्थललाई विदेशीसँग व्यापार गर्ने षड्यन्त्र’ शीर्षकको कार्यक्रममा (काठमाडौं, जनवरी ३१) सचिव लीलामणिसहित पूर्व सचिव लीलामणिसमेत सहभागी भए । प्रमुख पौडेल (एलपी) र नेकपा (माले)का महासचिव सीपी मैनालीले भारतीय अडानी ग्रुपले  नेपालको रणनीतिक हितमा हानि पुर्याउने प्रचार गरीरहेका छ्न ।  माथिका घटनाक्रमले दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको विरुद्धमा चिनियाँ पक्षधर निकाय र नेकपा (एमाले) ले सुनियोजित षड्यन्त्र खडा गरेको संकेत गरेको छ ।

यसरी नेकपा एमालेले सरकार बनाउन नसकेको र वर्तमान सरकारले गरेको विभिन्न कार्यको बिरोध गर्ने गरेको हो । उता चीनले नेपालका प्रायोजित एजेन्टहरूमार्फत नेपाललाई फाइदा हुने सम्झौताको विरुद्धमा षड्यन्त्र गराउने गरेको र भारत बिरोधि अभियान सन्चालन गरौं भनी अभियानमा लागेका छ्न ।  विद्युत सम्झौताबाट नेपालले भारतसँगको व्यापार घाटा घटाएर भारतमा विद्युत् निर्यात गरी थप आम्दानी गर्न सक्नेछ । तर यस सम्झौता बारे जनतामा भ्रम छारिने काम भईरहेको छ ।

नेपालमा चिनियाँ प्रोजेक्ट ( बिआराई –  BRI )  कार्यान्वयन सम्झौता लगायतका सम्झौताहरूमा स्पष्टताको अभाव छ । बिआरआईले नेपाललाइ के फायदा छ ? ऋण लगानी हुँदा नेपालले कति ब्याज तिर्नु पर्ने ? बिआरआई अनुदान हो कि ऋण हो ? कसरी  लिने यसबाट नेपाल फायदा कति हुने ? नेपाल माथी थुपर्ने ऋण फिर्ता गर्न नसकेको खण्डमा नेपाल कसरी बाटो पाउने ईत्यादी प्रश्न को उत्तर नेपाली जनताले माङ गरि रहेको छ्न ?

तर सरकारले कुनै जवाफ् दिएको छैन । बिआरआई सम्झौता गर्ने पुर्ब प्रधानमन्त्री  केपि ओलिले जनतालाई कहिले जानकारी दिने ?  साथै गत वर्ष प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएका सम्झौताका विषयवस्तु पनि सर्वसाधारणलाई थाहा छैन यो सम्झौता के हो  यसका बुदावार बहस कहिले हुने निवेदकहरूले यी शंकास्पद सम्झौताहरूमा किन प्रश्न उठाएनन् भन्ने प्रश्न उठेको छ ? जनताले यी ब्याक्तिहरु कति रास्ट्र भक्त हुन बुझ्न थालेका छ्न ।

प्रखर चिनियाँ समर्थक सूर्यनाथ उपाध्यायले भारत-नेपाल सम्बन्धमा नकारात्मक सुझाव मात्र दिन सक्छन् ।  सूर्यनाथ उपाध्याय जस्ता चिनियाँ पछ्धर लीलामणि पौडेल र सीपी मैनाली नेपाललाई चीनमा निर्भर बनाउन चाहन्छन् ।  यसरी कुनै पनि देश सङ गरेको सम्झौता नबुझी अनर्गल प्रचार गर्ने ब्याक्तित्व पहिचान जनताले गर्दै जानेछन् । त्यस्ता चिनियाँ एजेन्टहरूले विगतमा नेपालको हितका लागि भारतीय कम्पनीले निर्माण गरेका जलविद्युत आयोजनाको विरोध गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here