बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन: अध्यक्षमा राजु र अर्जुनको उम्मेदवारी

0
20

झापा ।

आगामी फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि आइतवार मनोनयन दर्ता गरिएको छ । अध्यक्ष पदमा राजु न्यौपाने र अर्जुनकुमार मैनालीले मनोनयन दर्ता गराएका छन् ।

न्यौपाने लोकतान्त्रिक व्यावसायिक प्यानलका तर्फबाट उम्मेदवार बनेका हुन् भने मैनाली पाँच दलीय गठबन्धनबाट बनेको स्वतन्त्र व्यावसायिक प्यानलका तर्फबाट उम्मेदवार बनेका हुन् । लोकतान्त्रिकको तर्फबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा दीपक मित्तल र सहकोषाध्यक्ष तिलोत्तमा खत्री छन् । त्यस्तै खुला सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत, निशा साह गुप्ताले उम्मेदवारी दिएका छन् ।

यता स्वतन्त्र व्यवसायिक गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै, उद्योग सचिवमा विसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाँई, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनीले उम्मेदवारी दर्ता गरेका छन् । खुला सदस्यहरुमा शत्रुघन रौनियार, कृष्ण बजगाँईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, रीता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुष्मा उप्रेतीको उम्मेदवारी रहेको छ ।

यसैबीच व्यवसायी समिल राईले खुला सदस्य पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिने राई एक मात्र उम्मेदवार भएको निर्वाचन आयोगले जनाएको छ । बिर्तामोड उद्योग वाणिज्य संघमा पाँच हजार ६६१ मतदाता रहेका छन् । यसबाहेक १२ जना पूर्वअध्यक्षहरु समेत मतदाता रहने व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here