दीपजनको १६औं वार्षिकोत्सव

0
9

झापा ।

बाह्रदशी–७ मा रहेको दीपजन अंग्रेजी माध्यमिक विद्याालयको १६औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

विद्यालय परिसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै विद्यालयले वार्षिकोत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बुधु राजवंशीको सभापतित्वमा आयोजित कार्यक्रमको प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले उद्घाटन गरेका थिए । प्रधानाध्यापक लक्ष्मीप्रसाद उप्रेतीले वार्षिक प्रतिवेदनसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक सञ्जय मैनालीले गरेका थिए ।

यसैबीच विद्यालयका संस्थापक लोकनाथ चम्लागाँईद्वारा आफ्ना मातापिता कपिलमणि र अजुदादेवी चम्लागाँईको स्मृतिमा स्थापित छात्रवृत्ति समेत वितरण गरिएको थियो । एसईई परीक्षामा ३.६० जीपीए ल्याउने विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँ र कक्षा १२को वोर्ड परीक्षामा उच्चतम् जीपीए प्राप्त गर्ने एक÷एक जना छात्रछात्रालाई नगद १०÷१० हजार रुपैयाँ प्रदान गरिएको थियो । एसईईमा उच्चतम् अंक ल्याउने सृजना खरेल, सृष्टि खरेल, प्रशान्त श्रेष्ठ र सञ्जय राजवंशीलाई जनही ५ हजार रुपैयाँ नगदसहित प्रशंसा–पत्र प्रदान गरियो ।

त्यस्तै कक्षा १२को वोर्ड परीक्षामा उच्चतम् अंक ल्याउने सञ्जय राजवंशी र प्रश्ना उप्रतीलाई जनही १० हजार नगद सहित प्रशंसा–प्रत्र प्रदान गरिएको थियो । त्यस्तै विद्यालयमा लामो समयसम्म शिक्षण गर्ने धनबहादुर बस्नेतलाई विदाइ गरिएको थियो ।

कार्यक्रममा बिद्यालयका संस्थापक लोकनाथ÷ डिकुरादेवी चम्लागाँई, संस्थापक जमुना चम्लागाँई, प्रेमप्रसाद चम्लागाँई, बाह्रदशी गाउँपालिकाकी उपप्रमुख शान्तादेवी शिवाकोटी खरेल, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेल, योजना शाखा प्रमुख तेजप्रसाद रेग्मी, गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवाल लगायतको आतिथ्य रहेको थियो ।

विद्याालयमा अध्ययनरत् विद्यार्थीले नृत्य, गायन समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक राजु अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here