पूर्व प्रहरी संगठन बिर्तामोडको सभा

0
10

गोपाल अधिकारी,
बिर्तामोड ।

नेपाल पूर्व प्रहरी संगठन बिर्तामोड नगर समितिको साधारणसभा सम्पन्न भएको छ ।

सभाले नयाँ नेतृत्व समेत यचन गरेको छ । संस्थाका अध्यक्ष मोहनविक्रम मल्लको अध्यक्षता तथा कोशी प्रदेश सभासद गोपालबहादुर विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज न्यौपाने, पूर्व प्रहरी संगठन केन्द्रीय कार्यसमिति सदस्य मदन गोपाल सुब्बा, पूर्व प्रहरी संगठन कोशी प्रदेश अध्यक्ष बाबुराम श्रेष्ठ, उपाध्यक्ष बलबहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

अध्यक्ष मल्लले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष देवीभक्त आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जसअनुसार आठ लाख ५५ हजार रुपैयाँमा सदस्यहरूले मासिक एक हजारका दरले जम्मा गरी ११ लाख २१ हजार एक सय ३० रुपैयाँ लगानी रहेको बताइएको छ । त्यस्तै ५१ हजार चार सय ६३ रुपैयाँ बैंक मौजाद, ३२ हजार आठ सय ६१ रुपैया १७ पैसा आजीवन सदस्य बापतको रकम तथा संस्थामा आबद्ध सदस्यहरूबाट दैविक प्रकोप कोषका लागि मासिक एक सयका दरले सङ्कलन गरी ३८ हजार चार सय ४८ रुपैयाँ २३ पैसा समेत संस्थामा बचत रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

कार्यक्रममा ७५ वर्ष माथिका ज्येष्ठ पूर्व प्रहरीहरू तथा केन्द्रीय सदस्य र ट्राफिक प्रमुखलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा बज्रलाल गिरी, कुलबहादुर श्रेष्ठ, लक्ष्मी बस्याल, झापा जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपाने, मदनगोपाल सुब्बा रहेका छन् ।

सो अवसरमा अध्यक्ष मल्लले व्यस्तताका कारण एक वर्ष पदावधि बाँकी रहँदै पदबाट राजीनामा दिएकाले आगामी तीन वर्षका लागि देवीभक्त आचार्यको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको थियो । जस अनुसार उपाध्यक्ष लीला गुरुङ, सचिव सार्की धन राई, कोषाध्यक्ष परिन्दा रायमाझी, सदस्यहरू अमरबहादुर कार्की, देवराज परियार, डिल्ली श्रेष्ठ, अशोक सुनुवार, उषा तामाङ, दीपबहादुर बानियाँ, नरेश थापामगर, आशा राजवंशी र एक जना पहिलो बैठकले मनोनित गर्ने गरी समिति गठन गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेश उपाध्यक्ष बलबहादुर श्रेष्ठ, पूर्व बिर्तामोड नगर अध्यक्ष खेम कार्की, प्रदेश सदस्य रामबहादुर श्रेष्ठ, ताप्लेजुङ जिल्ला अध्यक्ष बलराम भारती, झापा जिल्ला उपाध्यक्षहरू अभिचन्द्र रिजाल, देवीप्रसाद संग्रौला, दीपक थापा, सचिव कृष्ण सापकोटा, सहसचिव दिपेन्द्र घिमिरे, कोषाध्यक्ष अनुप निरौला, कन्काई नगर अध्यक्ष हरिप्रसाद सेडाई, शिवसताक्षी नगर अध्यक्ष जयश्वर आङ्दम्बे, उपस्थित रहेको थियो ।

सार्कीधन राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन देवीभक्त आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here