सिमलबारी विद्यालयलाई सिलिङ्ग फेन

0
7

बुट्टाबारी ।

नारी कल्याण समाज झापाको आयोजनामा झापा गाउँ पालिकाको सिमलबारी आधारभूत विद्यालयलाई ११ थान सिलिङ्ग फेन हस्तान्तरण गरेको छ ।

विद्यालयमा प्रत्येक साल गर्मीले बालबालिकाहरुलाइ कक्षामा अध्ययन गर्न गाह्रो हुने गरेकोमा यसपटक गुड नेवर्स इन्टरनेशल प्रालिको आर्थिक सहयोगमा झापा गाउँपालिकाको सिमलबारी आधारभूत विद्यालयलाई ११ थान सिलिङ्ग फेन हस्तान्तरण सँगै विद्यार्थीहरुलाई शुद्ध खानेपानीको व्यवस्थापन गरिएको गुड नेवर्स इन्टरनेशलका प्रतिनिधि मदन हुमागाँईले बताए ।

विद्यालयमा सिलिङ्ग फेन जडान तथा शुद्ध खानेपानीको व्यवस्थापन गरिदिएको हँुदा विद्यार्थीमा खुशी छाएको भन्दै विद्यालयका प्रधानाध्यापक इन्द्र कटुवाल एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगरनाथ गणेशले धन्यवाद व्यक्त गरेका थिए ।

बाबुराम पौडेलको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण सरोज पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here