मार्बल बोकेको लरीले किचिएर तीन बालबालिकाको मृत्यु

0
10

विराटनगर ।

मार्बल बोकेको लरी पल्टिंदा किचिएर तीन बालबालिकाको मृत्यु भएको छ।

भारतबाट आएको आरजे २९ जीबी १५६१ नम्बरको लरी मोरङको बुढीगंगास्थित नेमुवामा शुक्रबार बिहान पल्टिएको हो।

नहरको किनारैकिनार आइरहेको लरी पल्टिर किचिंदा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।

लरी पल्टिएर नहर किनारै रहेको कटेरोमाथि परेको थियो। त्यहाँ रहेका ज्योति अधिकारी र तीन बालबालिका च्यापिएका थिए।

ज्योतिको जीवितै उद्धार गरिए पनि बालबालिकालाई बचाउन नसकिएको एसपी कार्कीले बताए। एसपी कार्कीका अनुसार घाइते ज्योतिका जुम्ल्याहा छोराछोरीको मृत्यु भएको छ।

दुवै पाँच वर्षका थिए। छिमेकबाट खेल्न आएकी सात वर्षीया रिमा खवासको पनि ज्यान गएको एसपी कार्कीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here