झापा गाउँपालिकामा आगलागी, जलेर एक बालकको मृत्यु

0
9

झापा ।

झापा गाउँपालिकामा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका- ४ स्थित भानटोली निवासी इनाम हुसैन सेखका साढे ४ वर्षको छोरा अतिप हुसैन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो साढे ४ बजेको समयमा इनामको घर नजिकैको परालको कुन्यूमा आगलागी भएको थियो । सो आगो सल्किएर इनामको एक तले टिनको छानो भएको कच्ची घरमा आगो लागेको थियो ।

उनको छोरा अतिप आगो लागेको नजिकैको मस्जिद र परालको कुन्यूको चेपमा खेलिरहेका थिए । बालक आगोको चपेटा पर्दा घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए । आगो भद्रपुर र बिर्तामोडको दमकल, स्थानीय, नेपाल प्रहरी र सशस्त्रको सहयोगमा नियन्त्रणले कार्य भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here