प्रधानसेनापतिद्वारा अभ्यास शान्ति प्रयास–चारको अवलोकन

0
13
काठमाडौँ, 
प्रधानसेनापति प्रभुराम शर्माले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुर्राष्ट्रिय अभ्यास शान्ति प्रयास चारको अवलोकन गर्नुभएको छ ।
सो अवसरमा प्रधानसेनापतिले कर्मचारी प्रशिक्षण कार्यक्रम, क्षेत्रीय सैनिक प्रशिक्षण र क्षमता अभिवृद्धिसँग सम्बन्धित कक्षा तथा अभ्यासको अवलोकनका साथै अभ्यासमा सहभागी सैनिकसँग अन्तरक्रिया गर्नुभयो ।
अमेरिकी ग्लोबल पिस अपरेशन इनिसिएटिभको सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ देखि सुरू भएको अभ्यासमा नेपालसहित १९ राष्ट्रका एक हजार एक सय २५ सैनिक सहभागी छन् । अभ्यास यही फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here