प्रहरी नायब निरीक्षक कार्कीको अर्को सफलताः एम्बुलेन्समा गाँजा तस्करी गर्ने पक्राउ

0
21

धनकुटा ।

धनकुटा स्थित इलाका प्रहरी कार्यालय भेडेटारका प्रमख प्रहरी नायब निरीक्षक जीवनकुमार कार्कीले फेरि अर्को सफलता हात पारेका छन् ।

ट्यांकरमा ६ सय केजी गाँजा फेला पारेर प्रदेश प्रहरी कार्यालयले माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको १५ दिन नबित्दै कार्कीलाई अर्को सफलता मिलेको हो । कार्कीले एम्बुलेन्समा ५२ केजी गाँजा फेला पारेका हुन् । एम्बुलेन्सको प्रयोग गरेर लागूऔषध ओसारपसार पसार गर्ने गिरोहको पर्दाफास गरेका हुन् ।

बिराटनगरबाट बिरामी लिएर धनकुटाको साँगुरीगडी पुगेको एम्बुलेन्सले गाँजा बोकेर फर्केको थियो । कार्की नेतृत्वको प्रहरीले मे १ च २०३२ को एम्बुलेन्समा गाँजा रहेको सूचनापछि एम्बुलेन्स चालक जयदेव चन्दुचेल ५२ केजी गाँजासहित पक्राउ गरेको हो ।

उनी मोरङ बिराटनगर ८ का हुन् । उक्त एम्बुलेन्स झापाको हल्दिबारी मुक्तिघाट सेवा समाजको रहेको बुझिएको छ । उक्त एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय भेडेटारले जिल्ला प्रहरी कार्यालय धनकुटा बुझाएको छ ।

काम गर्ने हुटहुटी भएका प्रहरी नायव निरीक्षक कार्कीले धनकुटा पुगेपछि आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । उनी प्रहरीमा अब्बल मानिन्छ । कार्की जहाँ पुग्छन् त्यहीँ छाप छाड्ने गरेका छन् । समुदायसँग मिलेर उनी नयाँ–नयाँ र सचेतनाका काममा पनि अघिबढिरहेका छन् ।

उनले पाएको अवसरलाई सदुपयोग गर्दै आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here