एउटा पार्टी नै नेकपा एसमा समाहित

0
9

झापा ।

स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा नामक पार्टी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।

चार बुँदे सहमतिसहित एकीकृत माओवादीमा विद्रोह गर्दै बासु दुलालको नेतृत्वमा बनेको मोर्चा शनिबार बिर्तामोडको एक कार्यक्रममार्फत औपचारिक रूपमा नेकपा (एस) मा प्रवेश गरेको हो ।

नेकपा (एस)का सम्माति नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मोर्चाका संयोजक दुलालसहित ७५ जना नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा नेकपा एमाले, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र अन्यदलबाट ४० जना गरी १ सय १० जना पार्टी प्रवेश गरेको नेकपा (एस) झापा जिल्ला अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए ।

पार्टी प्रवेश कायक्रममा बोल्दै पूर्वप्रधानमन्त्री खनालले प्रचण्ड नेतृत्वको सरकार बनिएको एक बर्ष बितिसक्दा पनि जनतालाई प्रत्याभूति दिने कुनै काम गर्न नसेको आरोप लगाए । उनले क्रान्तिको नारा लगाएर नथाक्ने नेताले नेतृत्व गरेको सरकारको नीति तथा कार्यक्रममा दलाल पूँजीपतीलाई पोस्ने खालका कार्यक्रमबाहेक केही नभएको आरोप लगाए ।

यो सरकार दलाल पूँजीपति वर्गको प्रभावमा रहेकोले जनपक्षीय काम गर्न नसकोको नेता खनालको तर्क छ । खनालले साम्रज्यवादीको षड्यन्त्रमा नेपालमा एमसीसी भित्रियाएको र अझै एसपीपी ल्याउने खेल भइरहेको भन्दै यो चिनविरुद्ध साम्राज्यवादीको घेराउ भएको र आरोप लगाए ।

एमसीसी ल्याएर नेताले जनतालाई धोका दिएको उनको भनाइ छ । ‘व्यापक छलफल र सुझाव संकलनसिहत नयाँ क्रान्तिको कार्यक्रम बनाउँदै छौँ । यो बार–बार बनाउने कुरा हैन, नेपाली विशेषतासहितको समाजवाद अबको विकल्प हो,’ नेता खनालले भने, ‘अब कम्युनिस्टहरूको व्यापक ध्रुविकरण, एकता हुन्छ पर्छ । जो नेता अहिले पनि जबज भनिरहेकाछन् वा २१औँ शताब्दीको जनवाद भनिरहेका छन् उनिहरू किनारा लाग्न बाध्य हुनुपर्छ जनवाद कुनै शताब्दीको हुन्न युगको मात्र हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here