टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

0
5

खोटाङ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मध्यपहाडी लोकमार्गको खार्पाबाट कटारीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २४०२ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको स ९ प १२१२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक खोटाङ हलेसी तुवाचुङ– ६ का २० बर्षीय टंकल राईको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा संलग्न ठक्कर दिने टिपर र टिपर चालक कटारी नगरपालिका–३ उदयपुरका ४३ बर्षीय पदमकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई सम्पुर्ण कानुनि प्रकृया पश्चात पोष्टमाटमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here